दाङमा खोलाले बगाउँदा किशोरीको मृत्यु

फाईल फोटो

घोेराही, १६ साउन ।
दाङमा खोलाले बगाउँदा काठमाडौं निवासी एक किशोरीको मृत्यु भएको छ । काठमाडौं महाराजगञ्जकी निवासी १७ वर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीहरूसँगै घुम्न गएको बेला आज दिउँसो सुनितालाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिएका छन् । उनका अनुसार घोराही उपमहागनरपालिका–१४ निवासी २१ वर्षीय हिक्मत बुढामगर घाइते भएका छन् ।


प्रहरीका अनुसार उनीहरु सोमबार दिउँसो दुइ वटा मोटरसाइकलमा चार जना दाङको पहाडी गाउँ

पालिकाका रुपमा रहेको बंगलाचुली गाउँपालिकाको मर्फेस घुम्न गएका थिए । तर पानी पर्न थालेपछि घुम्न गएका उनीहरू बाटोबाटै फर्किए । फर्किने क्रममा बंगलाचुली गाउँपालिका–२ स्थीत स्याला खोलाले बगाउँदा सुनिताको मृत्यु भएको हो । खोलाले दुई वटा मोटरसाइकल बगाएको भएपनि रा ३ प ५०६३ नम्बरको मोटरसाइकलमात्रै खोलामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।