
तुलसीपुर,२७ भदौ । दाङमा कफ्र्यु हटेको छ । शुक्रबार विहान ५ बजेदेखि कफ्र्यु हटेको हो ।
जिल्लाको जनजीवन सामान्य बन्दै गएपछि कफ्र्यु हटाईएको दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए । उनका अनुसार निषेधज्ञा भने जारी छ । उनका अनुसार शुक्रबार दिउसो १ बजेसम्म निषेधज्ञा जारी गरिएको छ ।
हुलदंगा, अशान्ति हुन सक्ने भन्दै निषेधज्ञा जारी भएको हो । निषेधज्ञा जारी भएको अबस्थामा पाँच जना भन्दा बढि जम्मा भई भेला,जुलुस,प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइदैन ।
जिल्लामा सरकारी सम्पति, सरकारी कार्यालय र ब्यक्तीको सम्पतिमाथि आगजनी तथा तोडफोड गरेपछि कफ्र्यु जारी गरिएको हो ।



लाइभदाङ । २७ भाद्र २०८२, शुक्रबार ०७:३४ बजे