मेट्रो अस्पतालमा एमालेकै फरक नीति : घनश्यामको पालामा कर्मचारी बढाईयो, टिकारामको पालामा घटाईदै

अन्जना बिश्वकर्मा
दाङ, १६ साउन ।
जुन पार्टीबाट सत्तामा पुगिन्छ, त्यसपछि त्यहाँ पार्टीले निर्वाचनका बेला ल्याएको घोषणा होस्, या पार्टीको नीति अनुसार सत्ता चलाउनु पर्ने मान्यता छ । तर, तुलसीपुरमा भने ठीक फरक भएको छ । यस अघि एमालेबाट निर्वाचित घनश्याम पाण्डेको टिमले उपमहानगरपालिकामा प्रेस सल्लाहकार र स्वकीय सचिब राखेका थिए । अहिलेका प्रमुख टिकाराम खड्काले स्वीकीय सचिब र प्रेस हेर्ने गरि एक जना ब्यक्तीलाई मात्रै नियुक्त गरे । खड्का पार्टीका प्रदेश सचिबालय सदस्य हुन्, भने पाण्डे पार्टीका केन्द्रीय कमिटि सदस्य हुन् । तर, विगतमा पाण्डेले गरेका हरेक निर्णयहरुमा टिकारामले उल्टाईरहेका छन् ।

यस्तै एउटा निर्णय तुलसीपुरको भिमसेन मेट्रो हस्पिटलमा गरिएको छ । यस अघि हस्पिटलका रुपमा सञ्चालित रहेको मेट्रो असपताल अहिले एउटा स्वास्थ्य चौकीले मात्रै दिने सेवा प्रवाह गरिरहेको छ । अस्पतालमा कार्यरत स्टोर रोमहर्स केसीका अनुसार पहिले चिकित्सकहरुले सेवा दिने गरेको भएपनि साउन पहिलो हप्तादेखि भने एउटा स्वास्थ्य चौकीले दिने जस्तो सेवा प्रदान गर्दै आएको बताए । अहिले अस्पतालमा ११ जना स्वास्थ्यकर्मी मात्रै कार्यरत छन् ।‘यस अघि करार दरबन्दी सिर्जना गरेर नियुक्त गरिएका डाक्टरसहित स्वास्थ्यकर्मीले सेवा दिने गर्नुभएको थियो’,उनले भने‘अहिले सबैको करार म्याद नवीकरण गरिएको छैन, त्यसैले अहिले बाहिरबाट काजमा स्वास्थ्यकर्मी ल्याईएको छ, त्यसैबाट काम चलेको छ ।’

यस अघि ८ जना डाक्टर र १२ जना मेडिकल अफिसरसहित २६ जना स्टाफ नर्स,१ जना बायो मेडिकल टेक्निसियन, १ जना फिजिओ थेपारापी, एक जना हेल्थ असिस्टेन्ट, २ जना ल्याब टेक्निसियन, २ जना एनेस्थेटिक असिस्टेन्ट, २ जना रेडियोग्राफर, ४ जना अहेब, १२ जना अनमी, १६ जना स्वीपर र ८ जना सुरक्षागार्ड कार्यरत थिए । तर, ति सबै कर्मचारी अहिले हटाईएका छन् । अहिले अस्पतालमा बिभिन्न स्वास्थ्य संस्थाबाट काजमा ल्याएर ११ जनाले सेवा दिईरहेका छन् । हाल अस्पतालमा दिइने ओपीडी, ल्याब, एक्सरे, इसीजी, भिडिओ एक्सरेलगायतका सेवाहरु ठप्प छन् ।‘पहिलो विशेषज्ञ सेवा दिने गरेकाले अहिले पनि त्यही खोज्दै आउनु हुन्छ’,उनले भने‘तर, अहिले निःशुल्क पाईने औषधी भन्दा अरु दिन सकिने अबस्था छैन ।’


उपमहामनगरपालिकाले १७ जनाबाट आन्तरिक छनौटबाट र ११ जनालाई खुल्ला प्रतिस्पर्धाबाट लैजाने गरि तयारी गरिएको छ । कार्यपालिकाको चालु बर्षको पहिलो बैठकले यस्ते निर्णय गरेको हो । अहिले दैनिक २०÷२५ जना विरामी आउने गरेका छन् । संघीय सरकारले कर्मचारी कटौती गर्न निर्देशन गरेको भन्दै त्यसलाई कटौती गरेर नयाँ दरबन्दी सिर्जना गर्न लागिएको उपमहानगरपालिका स्रोतले बताएको छ । पहिलो रहेका कर्मचारीलाई कटाएर २५ प्रतिशत मात्रै कर्मचारीलाई नियुक्त गर्ने गरि तयारी गरिएको छ । जनरज सर्जरी १ जना, मेडिकल अधिकृत २ जनालाई आन्तरिक प्रतिस्पर्धाबाट लैजाने र १ जना स्त्रीरोग प्रसुति रोग बिशेषज्ञ, एक जना मेडिकल अधिकृत र एक जना नर्सिङ अधिकृतलाई खुल्ला प्रतिस्पर्धाबाट लैजाने र सोही अनुसार सेवा दिने तुलसीपुर उपमहानगरपालिकाले तयारी गरेको छ ।

मेट्रो हस्पिटललाई तुलसीपुर उपमहानगरपालिकाका तत्कालिन प्रमुख घनश्याम पाण्डे ठूलो प्रोजेक्टका रुपमा लिएका थिए ।तर, उनले सोचे अनुसार मेट्रो हस्पिटल अगाडी बढ्न सकेको अबस्था छैन । नजिकै राप्ती प्रादेशिक अस्पताल रहेको र त्यसैले सबै सेवा दिने भएकाले पनि मेट्रो हस्पिटल ओझेलमा परेको छ । जहाँ कुनै नयाँ सेवा नभएको भन्दै प्रादेशिक अस्पतालमा दिइने सेवा भन्दा फरक सेवा दिन सके मात्रै त्यो हस्पिटलको औचित्य पुष्टि हुने भन्दै त्यसतर्फ ध्यानदिनुपर्ने आवाज उठिरहेका छन् । साभार : अग्रिम साप्ताहिक

May be an image of text that says 'し स्वाधीनता,समृद्धि समाजवादको अगिम यात्रा www.livedang.com सबै समाचार LIVE DANG.CO साप्ताहिक WEEKLY www.livedang.com सोमबार (Agrim Weekly, Monday 2022) पृष्ठ६ मुल्य अस्पतालमा एमालेकै फरक नीति घनश्यामको पालामा कर्मचारी बढाईयो, टिकारामको पालामा घटाईदे पपतेग मेतो दाडमा उत्कृष्ट सामुदायिक विद्यालय'गुरुजजुर' उठिरहेका विद्यालयको घरमो परप कमापनि एकाले त पढाईलाई'