दाङमा उत्कृष्ट सामुदायिक विद्यालय‘गुरुजजुर’

अनिता पोख्रेल
दाङ,१६ साउन ।
दाङमा सामुदायिक विद्यालय मध्ये एसइई नतिजामा तुलसीपुर ४ स्थित गुरुजजुर माध्यामिक विद्यालय अब्बल देखिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी शैलेश शर्माले ३.९० जीपीए ल्याएका छन् । उनी सामुदायिक विद्यालयमा सबै भन्दा धेरै जीपीए ल्याउने विद्यार्थी हुन् । त्यपछि घोराही स्थित पदमोदय पब्लिक नमुना माध्यामिक विद्यालयका आदित्य मिश्रले ३.७५ ल्याएका छन् । दाङमा निजि विद्यालयमा अध्ययनरत विद्यार्थीले ३.९५ प्रतिशत ल्याउँदा गुरुजजुरका शर्माले ३.९० प्रतिशत ल्याउन सामुदायिक विद्यालयको नतिजा पनि सकारात्मक मार्गमा रहेको देखाउने विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्याैपानेले बताए ।

सामुदायिक विद्यालय भनेको बारीमा फलेको फल र निजि विद्यालय त्यही फललाई प्रसोधन गरेर उत्पादन भएको चिज रहेको भन्दै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु हरेक क्षेत्रमा सफल हुने समेत उनले बताए ।‘सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लोकसेवा होस्, अन्य खेलकुद, साहित्यलगायत ब्यबसायीक क्षेत्रमा अब्बल देखिने गरेका छन्’,उनले भने‘त्यसैले सामुदायिक विद्यालयको शिक्षा गुण्स्तर छ ।’

उनका अनुसार सामुदायिक विद्यालयहरु बढि ब्यबहारिक हुने गरेको समेत बताए । उनले गुरुजजुरले विद्यार्थीमा पढ्नु पर्छ, भन्ने भावना सिर्जना गराएको भएर पनि उत्कृष्ट नतिजा आउने गरेको बताए । उनका अनुसार गुरुजजुरले ब्यबहारिक शिक्षलाई जोड दिएको समेत बताए । अर्कोतर्फ अब परम्परागत शैलीबाट शिक्षण सिकाई गर्दा त्यसले प्रभाबकारी नतिजा नदिने भन्दै प्रबिधिमैत्री शिक्षा दिनुपर्ने भन्दै आफूहरुले त्यसै अनुसार शिक्षा दिएको उनले बताए ।‘युग परिबर्तन भइसकेको छ, अब परम्परागत शैलीबाट पढाएर हुँदैन, प्रबिधिको प्रयोग गरेर शिक्षण गर्नुपर्छ’,उनले भने‘हामीले त्यसै अनुसार पठन–पाठन गराउने गरेका छौं ।’

विद्यालयमा डरको वातावरण हुनुहुँदैन, गृहकार्यको भारी बोकाउनु हुँदैन, त्यसो गर्न सकेमा मात्रै पनि विदार्थीहरुले पढाईकालागि सहज महसुश गर्छन् र त्यसले नजिजालाई सुधार ल्याउने उनको भनाई छ । विद्यार्थीहरुलाई गृहकार्यको भारी भन्दा पनि कक्षा कोठामै बढि अभ्यास गराउनु पर्ने उनले बताए । उनका अनुसार परियोजना कार्यमुलक ढंगबाट पठनपाठन गराउनु पर्ने उनको भनाई छ ।


अर्को तर्फ विद्यार्थीहरुलाई डकुमेन्ट्रिको माध्यामबाट, स्लाईड बनाएर पढाउनु पर्ने बताए । यसरी पढाउदा विद्यार्थीहरुले सहजै पढाएको कुरा बुझ्न सक्ने बताए । कक्षा कोठामै धेरै कुरा बुझाउन सकेमा विद्यार्थीहरुलाई त्यो कुरालाई लामो समयसम्म बुझ्न सक्ने उनको भनाई छ । घरमा पनि पठन–पाठनको वातावरण मिलाउनु पर्ने उनको भनाई छ । विद्यार्थीहरुलाई घरमो पढ्नकालागि छुट्टै कोठाको ब्यबस्था भएमा त्यसले विद्यार्थीमा पढाईमा ध्यान केन्द्रित गर्न सहज हुने उनले बताए ।

पढाईसंगसंगै सहक्रियाकलापको पनि आबश्यक पर्ने बताए । ‘पहिले अतिरिक्त क्रियाकलापको चलन थियो, अब त्यसरी हुँदैन, सह–क्रियाकलाप गराउनु पर्छ’,उनले भने‘विद्यार्थीलाई शाहित्य, संगीत र खेलकूदमा पनि उत्तिकै रुची हुने भएकाले त्यसतर्फ हाम्र्रो पढाईलाई केन्द्रित गर्नुपर्छ ।’ साभार : अग्रिम साप्ताहिक

May be an image of text that says 'し स्वाधीनता,समृद्धि समाजवादको अगिम यात्रा www.livedang.com सबै समाचार LIVE DANG.CO साप्ताहिक WEEKLY www.livedang.com सोमबार (Agrim Weekly, Monday 2022) पृष्ठ६ मुल्य अस्पतालमा एमालेकै फरक नीति घनश्यामको पालामा कर्मचारी बढाईयो, टिकारामको पालामा घटाईदे पपतेग मेतो दाडमा उत्कृष्ट सामुदायिक विद्यालय'गुरुजजुर' उठिरहेका विद्यालयको घरमो परप कमापनि एकाले त पढाईलाई'