कोरोना अस्पताल : केही प्रयोग, केही प्रयोग विहीन

दाङ, १६ साउन ।
दाङका कोरोना अस्पतालहरुका केही सामग्री नियमित प्रयोगमा आइरहेका छन्, भने केही सामग्री प्रयोगमा आउन सकेका छैनन् । तत्कालिन दाङको बेलझुण्डी स्थित कोरोना बिशेष अस्पताल हाल राप्ती प्रादेशिक अस्पतालको कोरोना इकाइका केही समग्री त्यतिकै थन्काएर राखिएको छ । कोरोना इकाईका इञ्चार्ज शुष्मा वलीका अनुसार कोरोना महामारीका बेला चलेको अस्पताको भेन्टिलेटर अहिले भने ठप्प अबस्थामा छ । आईसियुमा भने दमलगायतका विरामीलाई राखेर उपचार गर्ने गरिएको छ । कोरोना आइशोलेशनमा अहिले उच्च सुरक्षा कक्षका रुपमा सञ्चालित रहेको छ ।‘भेन्टिलेटर चल्न सकेको छैन’,उनले भनिन्‘आईसियु कक्ष भने नियमित सञ्चालित छ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिल्ला भन्दा बाहिरका समेत स्वबलाई पीसीआर परीक्षण गर्ने गरिएको थियो । परीक्षण गर्ने मेसीन अहिले पनि सञ्चालित छ । अस्पतालका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार बैदेशिक रोजगारमा जानेहरु, विरामीहरु, एक ठाउँबाट अर्को ठाउँमा जानेहरुकालागि पीसीआर परीक्षण गर्ने गरिएको छ । दैनिक ७/८ जनाको यसरी स्वाब परीक्षण हुने गरेको उनको भनाई छ । आईसियुलगायतका अन्य सामग्री भने नियमित प्रयोग भइरहेको सुचना अधिकारी भट्टराइको भनाई छ ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो अस्पतालको आइसोलेशन भने अहिले प्रायः प्रयोग विहीन हुने गरेको छ । मेट्रो अस्पतालमा ४० बेडको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याईएको थियो । तर, त्यो सेन्टर अहिले सुनसान जस्तै देखिन्छ । आईसोलशन सेन्टरमा रहेका आईसियु बेडहरु खाली छन् ।


कहिले काही दमका विरामी आएमा आईसोलेशन सेन्टरमै अक्सिजन दिएर राख्ने गरिने भएपनि प्रायः जसो ताला लगाएर राख्नु पर्ने अबस्था रहेको अस्पतालका स्टोर प्रमुख रोमहर्स केसीले बताए ।‘कहिलेकाही दमलगायतका विरामीहरु आउछनु, उनीहरुलाई राखेर उपचार गर्ने गरिएको छ’उनले भने‘नत्र प्रायः सुनसान जस्तै हुन्छ ।’ दाङमा प्रतिष्ठान, बेलझुण्डी अस्पताल र तुलसीपुर उपमहानगरपालिकाको मेट्रो अस्पतालमा कोरोना आइसोलेशन निर्माण गरिएको थियो । साभार : अग्रिम साप्ताहिक

May be an image of 4 people and text