पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश

तुलसीपुर, २ वैशाख । पश्चिम दाङ जोड्ने गहतेखोला–बाघमारे–हापुरे सडक बहुबर्षियमा समावेश भएको छ । तत्कालिन अर्थमन्त्री धनबहादुर मास्कीले लुम्बिनी प्रदेश अर्थमन्त्रालयबाट बजेट बिनियोजन गरि बहुबर्षियमा हालेका थिए । सोही सडक २६ करोड ६५ लाख ११ हजार लागतमा सडक स्तरोन्नती हुनेछ ।

हाल सोही सडकमा मास्कीले ४ करोड बजेट बिनियोजन गरेका छन् । जसको ठेक्का प्रक्रिया पनि अघि बढेको छ । बहुबर्षियमा गएसंगै अब काम अघि बढ्नेछ । तीन बर्षमा सोही सडक स्तरोन्नतीलाई पूरा गर्ने योजना छ ।


जसमा आगामी दुई बर्षमा प्रत्येक बर्ष ११ करोड ३२ लाख ५५ हजार बजेट सुनिश्चित भएको छ । अहिले सोही सडक स्तराेन्ती नहुँदा आवतजावतमा समस्या हुने गरेको छ । चुनाबको समयमा माथिल्लो सडक स्तरोन्नतीकालागि माग भएकाले साेही अनुसार पहिलो प्राथमिकतामा पारेर बजेट बिनियोजन गरेको प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री मास्कीले बताए । यी बाहेक पश्चिम दाङमा पुल र सडकका अन्य योजनाहरु पनि बहुबर्षिय समावेश भएकाे प्रदेश योजना आयोगका निवर्तमान उपाध्यक्ष नहकुल केसीले बताए ।