नेपाल बैंक लिमिटेडद्वारा विद्यालयलाई पङ्खा सहयोग

तुलसीपुर
१४ साउन / नेपाल बैंक लिमिटेड तुलसीपुर शाखाले तुलसीपुरको एक विद्यालयमा पङ्खा सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ स्थित मावि बालापुरलाई पङ्खा सहयोग गरेको हो ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई एक लाख बराबरका पंखा र विद्युत वायरिङका सामग्रीमा सहयोग गरेको हो । यस अघि विद्यालयमा पङ्खा नहुँदा विद्यार्थीहरुलाई गर्मीले सताउने गरेको समस्या आफूहरुले थाहा पाएपछि यस्तो सहयोग गरिएको बैंकका प्रमुख निरज न्यौपानेले बताए ।‘विद्यालयमा पङ्खा नहुँदा विद्यालयमा पठन–पाठनमा समस्या भएको जानकारी आयो’,उनले भने‘त्यसपछि हामीले विद्यालयलाई सहयोग गरेका हौं ।’

उनका अनुसार २२ वटा पंखा सहयोग गरिएको हो । बैंकको कमाउने मात्रै नभई समाजप्रति उत्तरदायी हुनुपर्ने भन्दै आफूले त्यसै अनुसार विद्यालयलाई सहयोग गरेको बताए ।


साथै अन्य विद्यालयलाई पनि आबश्यकताका आधारमा सहयोग गर्ने बताए । उक्त पङ्खाको शनिबार विद्यालयमा कार्यक्रम गरि हस्तान्तरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक सुवर्ण कुमार लामिछानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीको प्रमुख आतिथ्य एवं वडाध्यक्ष भिमबहादुर योगीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक फनेन्द्रराज अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चुडामणी योगीसहितका बक्ताहरुले विद्यालयमा गरेको सहयोगप्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोग आबश्यक रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण शिक्षक निर्मल नेपालीले गरेका थिए ।