
काठमाडौं ,१६ असार।
काठमाडौंको तीनकुनेमा गएराति भएको सवारी दुर्घटनामा परी दाङ तुलसीपुरका एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–३ घर भएका २२ वर्षीय गोविन्द मल्ल रहेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३१ स्थित तीनकुने सडक खण्डमा ना.८ ख १३७० नम्बरको ट्रक र रा.७ प ८११५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मल्ललाई तत्कालै उपचारका लागि महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एकजना व्यक्ति समेत घाइते भएका छन् । उनको पनि सोही अस्पताल ९राष्ट्रिय ट्रमा सेन्टर० मा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको र ट्रक एवं त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लाइभदाङ । १६ असार २०८३, मंगलवार २२:१३ बजे