वडाको पहिलो काममै घोटाला : रु.१८०० पर्ने स्प्रे ट्याङ्कीमा रु.२७०० को बिल

अन्जना बिश्वकर्मा
दाङ,९ साउन ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं. ४ ले ‘स्प्रे’ट्याङ्कीमा घोटाला गरेको तथ्य भेटिएको छ । किसानहरुलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन भनि खरिद गरेको ट्याङ्कीमा घोटाला भएको पाईएको हो । बजारमा रु १८०० सम्ममा पाइने ‘किसान’ कम्पनीको १६ लिटरको ट्याङ्कीलाई वडाले २७०० को बिल बनाएको पाईएको हो । जो अस्वभाबिक रहेको छ ।

वडाका नागरिकलाई वितरण गर्न भनि ल्याएको उक्त ट्याङ्कीलाई ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरेपछि त्यसको तथ्य फेला परेको हो । सोही वडाका किसान जागुराम चौधरीका अनुसार वडाले दिएको उक्त ट्याङ्की ल्याउनकालागि १३५० तिरेको बताए । ५० प्रतिशत अनुदान दिदा त्यो ट्याङ्कीको मूल्य २७०० पर्न जान्छ ।‘कृषि समूह मार्फत दिएका हुन्, वडाले कृषि समूहलाई दिएको रे’,उनले भने‘त्यो ट्याङ्की ल्याउन मैले १३५० रुपैँया तिरेको हुँ ।’

जागुरामले सोही वडाको मनकामना कृषि समूहबाट उक्त स्प्रे ट्याङ्की ल्याएका हुन् । सोही समूहका फर्साराम काफ्लेका अनुसार आफ्नो समूहबाट १५ वटा स्प्रे ट्याङ्की वितरण गरिएको हो । ति सबै किसानहरुलाई वितरण गरिएको हो । आफूहरुले त्यो ट्याङ्की १३५० मा ल्याएको उनको भनाई छ ।‘हामीले वडामा स्प्रे ट्याङ्की माग गरेका थियौं, ५० वटा माग गरेकोमा १५ वटा मात्रै हामीकहाँ आई पुगे’,उनले भने‘ति ट्याङ्कीहरु ५० प्रतिशत अनुदानमा हामीलाई उपलब्ध भएको हो, जसमा हामीले १३२५ ट्याङ्कीको ति¥यौं, २५ रुपैँया भाडा खर्चका रुपमा रह्यो ।’

ल्याएका मध्ये केही स्प्रे ट्याङ्की विग्रिएका समेत थिए ।विग्रिएका स्प्रे ट्याङ्कीलाई फिर्ता पठाएको समेत उनले बताए । ट्याङ्की ल्याउँदा आफूहरुले तिरेको २३२५ रुपैँयाको समेत आफूलाई भरपाई नगराएको समेत उनले गुनासो गरे ।

त्यही खालको मेसिन स्थानीय कर्णदीप देवकालेले बजारमा १८०० रुपैँयामा किनेर ल्याएको बताए ।‘यही खालको, त्यही कम्पनीको र त्यही क्षमताको स्प्रे ट्याङ्की मैले बजारबाट किनेर ल्याएँ’,उनले भने‘त्यसको मूल्य १८०० मात्रै प¥यो, तर, होलसेलमा अझ सस्तो पर्न जान्छ ।’ उनले घोराही स्थित निर्मल एग्रोभेटबाट १८०० रुपैँयामा उक्त ट्याङ्की किनेका हुन् । एग्रोभेटका सञ्चालक निर्मल पौडेलका अनुसार त्यो स्प्रे ट्याङ्कीलाई १८०० नै पर्ने बताएका छन् ।


लामो समय खप्ने स्प्रे किन्दा महंगो प¥यो : वडाध्यक्ष
वडाध्यक्ष गुमानबहदुर वलीले पनि स्प्रे ट्याङ्की महंगो भएको कुरा स्वीकार गरे ।‘किसानहरुले नबुझेर हो, किसानहरुलाई राम्रो खालको दिउ भनेर हो, त्यो अनुसार हामीले काठमाडौंबाट माग गरेर ल्याएका हौं’,उनले भने‘किसानलाई पटक–पटक किन्न नपरोस्, भनेर हामीले यो ट्याङ्की दिएका हौं ।’

अर्को तर्फ भ्याट बिल बनाउँदा पनि महंगो पर्न गएको अध्यक्ष वली बताउछन् । वडाले स्प्रे ट्याङ्कीकालागि ३ लाख बजेट छुट्याएको थियो । आफू आएपछि गरेको यो पहिलो काम भएको समेत उनले बताए ।‘म आएपछि यो पहिलो काम हो’,उनले भने‘किसानलाइ राम्रो सामाग्री दिउँ भनेर हो ।’ उनले वडाबाट मात्रै १२० वटा यस्ता स्प्रे ट्याङ्की वितरण गरेको हो । ५ वटा समूह मार्फत उक्त स्प्रे ट्याङ्की वितरण गरिएको वडाध्यक्ष वलीले बताए ।

एमालेबाट निर्वाचित वडाध्यक्ष वलीले यस अघि स्थानीय खानेपानी र सहकारीको पनि नेतृत्व लिएका ब्यक्ती हुन् । साभारः अग्रिम साप्ताहिक 

May be an image of 5 people, people standing and text