राप्ती प्रादेशिक अस्पतालमा द्वन्दका घाईतेहरुलाई उपचार सेवा विस्तार गरिने

तुलसीपुर
१ असार / दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा द्वन्द्वका क्रममा घाईते भएका ब्यक्तीहरुलाई उपचार सेवा विस्ता गरिने भएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थक बर्ष २०७९÷०८० कालागि बुधबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


संघ सरकारसँगको समन्वयमा लुम्बिनी प्रादेशिक अस्पताललाई प्रादेशिक मेडिकल कलेजमा स्तरोन्नति गर्न आवश्यक पहल गरिने तथा उक्त अस्पतालबाट उपलब्ध हुँदै आएको सशस्त्र द्वन्द्वका क्रममा घाईते भएका व्यक्तिहरूको उपचार सेवालाई विस्तार गरी नेपालगञ्जको भेरी अस्पताल र दाङ्गको राप्ती प्रादेशिक अस्पतालबाट सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको उनले बताए ।