लायन्स क्लब डिष्ट्रिक ३४५ बि N नेपालको मनोनयन दर्ता कार्यक्रम

शरद रेग्मी
नेपालगन्ज, २० माघ  ।
लायन्स क्लब डिष्ट्रिक ३४५ बि N नेपालको नया नेतृत्वका लागि आज एक कार्यक्रमका बिच नेपालगन्जमा उम्मेदवारी दर्ता गरिएको छ ।
लायन बर्ष २०२२ देखि २५ सम्मका गभर्नरका उम्मेदवारहरुले सामुहिक रुपमा सहमतिय प्रणाली बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
एरिया नम्बर पाचबाट लायन्स क्लब अफ दाङका पुर्ब  अध्यक्ष बिनोद कुमार श्रेष्ठले बर्ष २४/२५ का लागि डिष्ट्रिक गभर्नरमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यस्तै यरिया नम्बर ७ का सिबि चन्दले बर्ष २२/२३को डिष्ट्रिक गभर्नरमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरि यरिया नम्बर ६ बाटै २३/२४ का लागि नेपालगन्जका मुकुट ढकालले गभर्नरमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
निर्बाचन समितिका सदस्य चिन्तामणि धितालको अध्यक्षता एवम पुर्व गभर्नर मधुसुदन शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले दुर दराजका जनतारुको सेवामा समर्पित हुनुपर्ने बताएका छन ।
हामि सेवा गर्छौ भन्ने उदेश्यका साथ सामाजिक सेवामा हातेमालो गर्नका स्थापना गरिएको लायन्सको क्लबको उदेश्य पुरा गर्न आफुहरु दृढताका साथ अगाडिबढने प्रतिबद्दता उम्मेदवारहरुले गरेका थिय ।
सो अबसरमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा,पुर्ब गभर्नर शेम शाक्य ,एक्जुकेटिभ चिफ ज्ञानेन्द्र कुमार श्रेष्ठ लगायतका बक्ताहरुले नया नेतृत्वका लागि फागुन ७ गते चितवनमा हुने कन्भेन्सनमा १००५ यस भोटका लागि अपिल गर्नु भएको थियो ।