पाल्पाको लघुवामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु

पाल्पा, ८ साउन ।
पाल्पाको रिब्दिकोट गाउँपालिका–३ स्थित लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । तानसेन–रिडी–तम्घास सडकखण्डको तोसडाँडा ढिकबाट यात्रुसहितको बस खस्दा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।


अपराह्न ४ बजेतिर बुर्तिबाङबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय रन्जीव कुँवरले जानकारी दिएका छन्। घटनाको अन्य विवरण आउन बाँकी छ।