पहिरो हटाएपछि राप्ती लोकमार्ग सूचारु

सल्यान, ३ साउन ।
गएराती देखि अवरुद्ध राप्ती राजमार्ग केहिबेर अघिदेखि सुचारु भएको छ ।

राजमार्गको दाङ-सल्यान सडकखण्ड अन्तगर्त चोरखोला नजिकै पहिरो जाँदा अवरुद्ध भएको सडक केहिबेर अघि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव निरिक्षक नन्दलाल भारतीले जानकारी दिनुभयो ।


गएराती १० बजे खसेको पहिरो सडक विभाग र निर्माण कम्पनिको जेसिबीले पन्छाएपछि आज दिउँसो १ बजेपछि सडक सुचारु भएको हो ।

सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधन तथा यात्रुहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेको प्रहरीले जनाएको छ ।