निशाको राष्ट्रिय कीर्तिमानीमा उत्साहित बनेको तुलसीपुर

दीपक बोहरा
दाङ, १० साउन ।
एकाविहानै पञ्चैवाजा र नाचगानसहितको ¥याली निस्कियो । त्यो न त कुनै पर्वको अवसरमा थियो, न त कुनै निर्वाचनमा विजयी भएको रौनक थियो । त्यो थियो–तुलसीपुरको एक विद्यालयमा अध्ययनरत छात्राले सिनियरलाई पछि पार्दै गरेको राष्ट्रिय कीर्तिमानीको खुसीयालीको ¥याली । अघि–अघि पञ्चैवाजा र नाचगान थियो ,त्यसका पछि–पछि विद्यार्थी र शिक्षकहरु रमाउदै बजार परिक्रमा गरे । त्यो परिक्रमा तुलसीपुरले पनि राष्ट्रिय स्तरमा नाम लेखायो, भन्ने कुराको सन्देश थियो ।

No description available.

आफ्नो सिनियल खेलाडीलाई पछि पार्दै तुलसीपुर उपमहानगरपाकिा वडा नंं १६ भेलही निवासी १७ बर्षीया निशा चौधरीले एथ्लेटिक्समा राष्ट्रिय कीर्तीमानी कायम गरिन् । ग्रेट अरणीको सेकेन्डरी स्कुल तुलसीपुरमा कक्षा १२ को परीक्षा दिएर नतिजाको प्रतिक्षामा रहेकी निशाको यो प्रदर्शनले विद्यालय पनि खुसी भएको छ ।

विद्यालयकै आयोजनामा निशाको सम्मान स्वरुप यो कार्यक्रम आयोजना गरिएको हो ।‘निशाको यो कीर्तिमानीले विद्यालय त खुसी छ् नै , समग्र तुलसीपुर पनि खुसी छ, यसको सन्देश दिन हामीले यो कार्यक्रमको आयोजना गरेका हौं’,स्कुलका अध्यक्ष मानबहादुर बस्नेतले भने‘ यो खेल क्षेत्रमा तुलसीपुर अगाडी छ, भन्ने प्रमाण पनि हो ।’ निशाको पहिलो पढाई र त्यसपछि खेल नै बन्यो । उनको खेलप्रतिको लगाबले नै उनी उत्कृष्ट हुन सफल भएको अध्यक्ष बस्नेतले बताए ।

बस्नेतका अनुसार पहिलो पटक राष्ट्रिय स्तरको खेलमा सहभागी भएकी चौधरीले काठमाडौंमा भएको १२ औं राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्समा राष्ट्रिय कीर्तिमानी कायम गरेकी हुन् । जुन खेलमा उनले न त पहिले प्रशिक्षण नै गरेकी थिइन् । खासः उनी तेक्वान्दोको खेलाडी हुन् । तर, पनि उनले एथ्लेटिक्समा पनि आफ्नो क्षमता देखाईन् ।

No description available.

काठमाडौंको दशरथ रंगशालामा असार २८ देखि ३० गतेसम्म भएको रनिङ शिल्डमा सन २०१८ एपीएफकी शिला चौधरीले कायम गरेको कीर्तिमानभन्दा २ सेन्टिमिटर बढी ५ मिटर ४७ सेन्टिमिटरको नयाँ रेकर्ड कायम गरेकी छन् । प्रशिक्षण विना नै जिल्ला, प्रदेश हुँदै पहिलो पटक उनी काठमाडौं पुगिन् । उनी आफू सहभागि सबै स्पर्धामा स्वर्ण जितिन् ।

चारवटा स्पर्धामा स्वर्ण जितेकी उनले ३ स्पर्धामा नयाँ कीर्तिमानी कायम गरिन । जसमध्ये १ सय मिटर दौडमा उनको १२.५३ सेकेन्डको टाइमिङ नयाँ जुनियर कीर्तिमान रहेको छ । एकसय मिटर रिलेमा निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसम्मिलित लुम्बिनी प्रदेशको टोलीले चारगुणा १ सय मिटर रिलेअन्तर्गत ५४.२० सेकेण्डको टाइमिङमा स्वर्णसहित जुनियर कीर्तिमान कायम गरेका थिए ।

No description available.

राष्ट्रिय खेलकालागि लुम्बिनी प्रदेशमा असार १२ गतेदेखि खेल सुरु भएका थिए । निशाले तुलसीपुर उपमहानगरस्तरीय सुरुवाती प्रतियोगिता जितेको पाँच दिनपछि जिल्लास्तरीय प्रतियोगिता खेलिन् । त्यसको पाँच दिनपछि लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिता जितेर काठमाडौं गएकी हुन् ।


तेक्वान्दो खेलाडीको एथ्लेटिक्स कीर्तिमानी

तेक्वान्दोमा उनले‘टच ब्ल्याक्बेल्ट’ प्राप्त गरेकी छन् । तेक्वान्दो खेल्दा खेल्दै अलिअलि दौडको पनि ‘प्रयाक्टिस’ गर्थिन् । त्यसै फलस्वरुप नै उनी अहिले विजेता बन्न सकिन् ।‘मैल खास एथ्लेटिक्सको प्रयास नै गरिन्, प्रतियोगितामा नियमित भाग लिन्थे’,उनले भनिन्‘यस पटक पनि यसरी खेलमा प्रथम हुन्छ्, भन्ने त्यसरी सोचेकी पनि थिइन ।’ उनले २०७५ सालदेखि तेक्वान्दो खेल्न सुरु गरिन । तेक्वान्दोका उनका गुरुहरु पदमा चौधरी र बसन्त वली हुन् ।

No description available.

यो बाहेक उनले अन्य खेलको त्यति तयारी गर्न पाईनन् । तर, पनि सानै देखी खेलमा भने रुचि राख्थिन । कक्षा ७ मा पढ्दा खेरिदेखि नै उनी खेल क्षेत्रमा सहभागि हुँदै गईन् । त्यति बेला भएको दौड प्रतियोगितामा निशा पाँचौं भइन । त्यसपछि कक्षा ८ मा पढ्दा नगरस्तरीय मेयर कपमा सहभागि भईन, त्यसमा पनि उनले सफलता हात पार्न सकिनन् । कक्षा ९ मा पढ्दा भने उनी दौडमा प्रथम हुन सफल भइन । आफ्नै स्कुलको बार्षिकोत्सव कार्यक्रममा उनले भाग लिएकी थिइन् । त्यसपछि कक्षा १० मा पढ्दा उनी मेयर कपमा सहभागी भइन् । त्यसमा एक सय मिटर दौड र लङजम्पमा प्रथम भएकी थिइन ।

कक्षा १० सम्म स्थानीय दिपेन्द्र माविमा अध्ययन गरेकी उनी कक्षा ११ र १२ मा ग्रेट अरणीकोमा अध्ययन गरेकी हुन् । उनका परिवारमा आमा,वुवा, दुई दिदी र एक भाई र अफू छन् । उनको सामान्य परिवार हो । उनका वुवा रोजगारको सिलसिलामा भारत गएका छन् ।

तुलसीपुर उपमहानगरले पनि सम्मान गर्ने

राष्ट्रिय खेल तुलसीपुरबाट जित्नु ग्रेट अरणीको माविको मात्रै नभई समग्र उपमहानगरकै गौरवको विषय भएकाले विजय खेलाडीहरुलाई तुलसीपुर उपमहानगरपालिकाले पनि सम्मान गर्ने भएको छ ।

उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले उनीहरुको सम्मानमा एक दिन स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको बताए । विद्यालयले आयोजना गरेको सम्मान कार्र्यक्रममा उनले यस्तो बताए । साथै उपप्रमुख स्यानी चौधरीहरुले राष्ट्रिय खेलमा विजेता हाँसिल गर्न सफल भएकी निशाको ब्यचालर लेभलको पढाई खर्च आफूले ब्यहोर्ने बताइन् ।

त्यस अवसरमा दाङ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजु हमाल, तुलसीपुर १८ का वडाध्यक्ष माधव वली, तुलसीपुर १६ का अध्यक्ष शिवानन्द डाँगी, स्कुलका संस्थापक अध्यक्ष महेश आचार्य,लगायतले मन्तब्य ब्यक्त गरेका थिए । स्कुलका सहायक प्राचार्य कमल प्रसाद सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण शिक्षक नारायण भट्टराईले गरेका थिए ।

तस्वीर शौजन्य :अर्जुन रोका मगर