दाङमा स्कुल बसको ठक्करबाट बालकाको मृत्यु

दाङ
२७ मंसिर / दाङमा स्कुल बसले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार घोराही उपमहानगरपालिका वडा नं. ६ अगेरा निवासी रोहित पाण्डेको दुई बर्षीय छोरा आहाना पाण्डेको मृत्यु भएको हो ।

सोहि ठाउँबाट बिद्यार्थी लिएर अगेरा तर्फ आउँदै गरेको ना ३ ख ९९९३ नम्बरको बसले सोमबार बिहान सवा १० बजे ठक्कर दिदा गम्भीर घाइते भएका बालकको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ल्याएलगतै डाक्टरले मृत घोषणा गरेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।


ठक्कर दिने बस बबई स्टार लिटिङ बोडिङ स्कुलको रहेको प्रहरीले बताएको छ ।