दाङ, १४ साउन ।
देउखुरीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाईते भएका छन । लमही नगरपालिका वडा नम्बर ७ बनगै जँगलमा आईतबार बेलुका साढे ५ बजे गाडीले मोटरसाईकललाई ठक्कर दिएको हो ।
पश्चिमबाट पुर्व जाँदै गरेको सरकारी नम्बर प्लेट भएको बा २ झ ४५४६ नम्बरको महिन्द्रा पिकअप गाडीले पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाइते भएका हुन ।
घाईते हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी बर्ष ५२ का भिम बहादुर कुमाल र सोही ठाउँ निवासी बर्ष ३३ का अमृत राजकोटी रहेका छन । कुमालको खुट्टा र टाउकोमा गहिरो चोट छ भने राजकोटीको पनि खुट्टामा चोट छ ।
गाडीका चालक फरार रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शँकर श्रेष्ठले बताए ।
लाइभदाङ । १४ श्रावण २०८०, आईतवार १९:०७ बजे