गोठ भत्किएर बालिकाको मृत्यु

तुलसीपुर
३२ असार / .दाङमा गोठ भत्किएर एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं. ९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको हो ।


गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।