जेसिजको आयोजनामा शेयर तालीम

तुलसीपुर
२८ असार / तुलसीपुरनगर जेसिजको आयोजनामा शेयर तालीम भएको छ ।

जेएफ सेक्युरिटीजको सहयोगमा उक्त तालीम भएको हो । जेसिजका अध्यक्ष केशवराज केसीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको प्रमुख आतिथ्यतामा तालीम भएको हो ।


सो अवसरमा सुबास चन्द्र भट्टराईले प्रशिक्षण दिएका थिए । तालीममा तुलसीपुरका विभिन्न बिद्यालयका बिद्यार्थीहरु, तुलपुरका शेयर लगानीकर्ताको सहभागिता रहेको थियो। कार्यक्रम संयोजक जेसिजका कार्यकारिणी उपाध्यक्ष सन्दीप भुषालले स्वागत मन्तव्य ब्यक्र गरेको कार्यक्रममा पूर्वध्यक्ष झरेन्द्र खरेल ,नेपाल जेसिजका रास्ट्रिय उपाध्यक्ष नेत्रलाल भट्टराई, लाइन्स कलब अफ दाङका अध्यक्ष भोजराज न्यौपाने , इसान कलबका निबर्तमा अध्यक्ष बुद्ध प्रकाश सिंहले जेएफ सेक्रेटरीटिजका प्रबन्ध सबिन डाँगीले कार्यक्रमको सफलता शुभकामना ब्यक्त गरेका थिए ।

जेसिज आस्था पाठ जेसि मान बहादुर बस्नेतले गराएका थिए, भने सहजीकरण महासचिब पूर्णबहादुर डाँगीले गरेका थिए ।