कपिल लामिछाने
तुलसीपुर २५ असार ।
सुसेली युवा क्लव दुधरास र जनदेउराली युवा क्लव संक्रामको संयुक्त आयोजनामा शनिबार दुधरासमा रक्तदान कार्यक्रम सम्पन्नभएको छ ।
दाङमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै यी दुई क्लवको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।रेडक्रस दाङको सहयोगमा भएको उक्त रक्तदान कार्यक्रम जुरपनिया मैनतारा खानेपानी तथा सरसफाइ समितिको प्राङ्गणमा भएकोथियो ।
स्थानिय शन्देश पुनबाट सुरु भएको रक्तदान कार्यक्रम बर्षाका कारण निर्धारित समय भन्दा केहि ढिला सुरु भएको थियो ।
उक्त रक्तदान कार्यक्रममा सुसेली युवा क्लवका र जनदेउराली युवा क्लवका युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा २३ जनाले आफ्नो अमूल्य रगत दान गरेका थिए । अनौपचारिक रुपमा सुरु भएको रक्तदान कार्यक्रममा सुसेलीयुवा क्लवका अध्यक्ष रोहन पुनले रगत दान गर्ने दाताहरु, रेडक्रस दाङ शाखा, खटिनु भएका स्वास्थ्यकर्मी, रक्तदान कार्यक्रम सफलबनाउनका लागी सहयोग गर्ने सबैलाई एकमुष्ठ धन्यवाद ज्ञापन गर्नुभयो । उक्त रक्तदान कार्यक्रममा वडा नं १८ का सदस्य धन बहादुरबस्नेत, युवा समाजसेवि बिरेन्द्र खड्का, खानेपानी समितिका कार्यवाहक अध्यक्ष रामकुमार डाँगी, प्रेस चौतारी दाङका सदस्य कपिललामिछाने, स्थानिय झुपलाल नेपाली लगाएतले क्लवहरुले आगामी दिनहरुमा यस्तै खालका कार्यक्रमको आयोजना गर्ने र गाउँसमाजमा देखिएका समस्याहरु समाधान गर्नका लागी समयाअनुकुल कार्यक्रमहरु ल्याउनका लागी अनुरोध गर्दै दुबै क्लवहरुलाईधन्यवाद ब्यक्त गरेका थिए ।
लाइभदाङ । २५ असार २०७९, शनिबार १९:१३ बजे