अपाङ्गता भएका ब्यक्तीहरुलाई बाख्राका पाठी वितरण

तुलसीपुर
२२ असार / दाङको शान्तिनगर गाउँपालिकाका अपाङ्गता भएका ब्यक्तीहरुलाई आयआर्जनमा जोड्नकालागि बाख्राका पाठी वितरण गरिएको छ ।

राप्ती बहिरा संघ दाङको आयोजना, वडास्तरिय अपाङ्गता समन्वय समितिको सहआयोजना तथा शान्तिनगर गाउँपालिका वडा नं.६ को सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जनमा पहुँच पु¥याई आर्थिक सशक्तिकरण गर्ने मुख्य उद्देश्यका साथ अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्राका पाठी वितरण गरिएको हो ।

मंगलबार वडा कार्यालय पहाडीपुरमा वडास्तरिय अपाङ्गता समन्वय समितिका संयोजक गुरुप्रसाद लामिछानेको अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता उपाध्यक्ष प्रेमा बुढाथोकीको विशिष्ट आतिथ्यतामा भएको हो ।

संस्थाका कार्यकारी निर्देशक प्रतिमा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बस्नेतले अपांगता भएका व्यक्तिहरुको आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाउनका लागि गाउँपालिका सदैव अभिभावक बनेर अगाडि बढ्ने बताए ।


कार्यक्रममा विशिष्ट अतिथि पालिकाका उपाध्यक्ष प्रेमा बुढाथोकीले अपाङ्गता भएका व्यक्तिहरु पनि यो समाजका परिवर्तनका सम्बाहक भएको हुँदा आफ्नो आत्मबल बलियो गराएर आफुले सकेको क्षमता देखाउन र व्यवसाय गरेर सशक्त हुन जोड दिईन् ।

सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्।देशका उपाध्यक्ष देवा डाँगीले अपांगता भएका व्यक्तिलाई अन्यनागरिक सरह सेवासुविधा संगै जीविकोपार्जनका लागि आर्थिक तथा सामाजिक सशक्तिकरण गर्न स्थानीय तहले नीति तथा कार्यक्रम र योजना तथा बजेटमा समेट्न सके मात्रै अपाङ्गता मैत्रि समाज निर्माण हुने कुरा बताईन् ।

कार्यक्रम मार्फत बाख्राको पाठी प्राप्त गर्ने डिल्ली सेजुवाल बहिरा अपाङ्गता भएका व्यक्ति हुन्, भने उनकी श्रीमती पनि बहिरा छिन् । भाषाको कारणले काम गर्न जान असजिलो हुने र घरको आर्थिक अवस्था पनि कमजोर भएको भन्दै बाख्राको पाठी निशुःल्क सहयोग पाउँदा आफूलाई धेरै हौसला जागेको बताए ।

सोही कार्यक्रमबाट बाख्रखाको पाठी सहयेग पाउने कालुराम चौधरी पनि शारीरिक रुपले अपाङ्गता भएका व्यक्ति हुन् । आफुले केही व्यवसाय सञ्चालन गर्ने ईच्छा हुँदाहुँदै पनि आर्थिक अभावले सुरु गर्न नसकेको कुरा बताउँदै आफुले पाएको बाख्राको पाठी राम्रेसँग पालेर बाख्रापालन व्यवसाय अगाडि बढाउँदै जाने कुरा व्यक्त गरे । कार्यक्रम मार्फत बाख्रा प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिहरु निकै हर्षित भएका थिए ।
संस्थाका सामाजिक अभियन्ता वसन्ती वलीले सञ्चालन गरेको सो कार्यक्रममा वडा सदस्य लोक बहादुर वली,वडा सदस्य लिलावती वि।क।,वडा सदस्य छपरी चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । वडा भित्र बसोबास गर्ने १३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्राका पाठी वितरण गरिएको थियो ।