कविता घर्ती मगरको ‘पहिलो माया’ बजारमा

प्रेम विवश घर्ती मगर
दाङ, २१ असार ।
कविता घर्ती मगर को पहिलो माया कौरा (चुट्का) गीत बजारमा आएको छ । सल्यान जिल्ला जन्मस्थान भई हाल करिव दुई दशक बढी बेलायतमा कर्म थलो बनाईरहनु भएको घर्तीले मगर सँस्कार र सँस्कृति झल्कने कौरा गीत बजारमा ल्याउनु भएको हो ।

भौतिक शरिर विदेशी भूमीमा भएपनि आफ्नो मगर समुदायको र देशको कला, सँस्कार र सँस्कृतिलाई संरक्षण गर्नु पर्छ भन्ने उद्देश्यले आफुले यो गीत दर्शक, श्रोता समक्ष लिएको उहाँको भनाई रहेको छ ।


अविनास थापा मगरको शब्द,गणेश गुरुङको लय, कविता घर्ती मगर र गणेश गुरुङको स्वर रहेको कौरा गीत मगर समुदायको मौलिकतामा आधारित रहेको छ । यो गीत बजारमा ल्याउदा आफूले २२ वर्ष अगाडि रेडियो नेपालमा प्रत्यक्ष भाग लिएर गाएको समेत स्मरण भएको गायिका घर्तीले बताउनु भएको छ ।

बेलायतमा रहेर पनि नेपाली गीत संगीत र नेपाली कला ,सँस्कृतिको जगेर्णा गर्ने उद्देश्यले बेलायतमा एक मात्र सयपत्री नेपाली कल्चर ग्रुपको स्थापना गरी सञ्चालन गरेको गायिका घर्ती मगरको भनाई रहेको छ ।