७० बर्षमा नागरिकता पाएपछि…..

दाङ
३१ साउन / दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ठोकू चौधरीले ७० बर्षपछि नागरिकता पाउनु भएको छ । वुवा–आमा दुबैको सानैमा मृत्यु भएपछि उहाँले नागरिकता लिनबाट बञ्चित हुनुभएको थियो । नागरिकता नभएपछि उहाँ केही दिन अघि मात्रै वडा कार्यालय पुग्नु भएको थियो । ‘प्रष्टसंग बोल्न पनि सक्नुहुन्थेन, सुन्न सक्ने क्षमता पनि न्यून रहेछ, कार्यालयमा आउनु भएको थियो’, वडाध्यक्ष माधव ओलीले भन्नुभयो‘ उहाँको समस्या बुझ्दा उहाँको नागरिकता रहेनछ, त्यसपछि हामीले पहल गरेर नागरिकता बनाईदिएका छौं ।’

उहाँका भाई धनिया चौधरीलाई फेला पारेपछि त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले चौधरी घुघुराम चौधरीको नै छोरा भएको र हालसम्म नागरिकता नबनाएको भन्दै सर्जिमिन मुचुल्का तयार पारिएको थियो ।


भाईलाई साक्षी राखेर नागरिकताकोलागि सिफारिश प्रदान गरिएको वडा सदस्य धन बहादुर बस्नेतले जानकारी दिनुभयो । वडाले सिफारिश गरेपछि प्रशासनले उहाँको नागरिकता बनेको थियो ।

उहाँले अब सामाजिक सुरक्षाभत्ता पनि पाउनुहुनेछ । नागरिकता पाएपछि उहाँ खुसी हुनुभएको छ । आमा वुवा वितेपछि चौधरीले सानै उमेरदेखि अरुको घरमा बसेर जिविको पार्जन गर्दै आउनुभएको थियो ।