घोराही, १९ कात्तिक ।
प्रदेश सभा सदस्य पदका उम्मेदवार राजु खनालले राप्तीको गहनाको रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रतिष्ठानको अवधारण अनुसार सेवा सुविधा र शैक्षिक कार्यक्रम सुरुवात गर्न आवश्यक रहेको बताउनुभएको छ ।
घोराहीमा आयोजित व्यवसायीको बृहत भेलालाई सम्बोधन गर्दै खनालले स्वास्थ्य क्षेत्रको एक धरोहरको रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गुणस्तरिय सेवा सुविधासँगै शैक्षिक कार्यक्रम सुरुवात गर्न आवश्यक रहेको बताउनुभयो ।
महेन्द्र अस्पताल रहेको समयमा स्तरबृद्धि गरेर राप्ती उपक्षेत्रिय अस्पताल बनाउन र त्यसपश्चात राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनकलागी आफूले पहल गरेको भन्दै खनालले प्रतिष्ठानको सेवा सुविधालाई फराकिलो बनाउदै शैक्षिक कार्यक्रम सुरु गर्न आवश्यक भएकाले त्यसकालागी आफू लागीपर्ने उहाँको भनाई थियो ।
‘महेन्द्र अस्पताल हुँदा राप्ती उपक्षेत्रिय अस्पताल बनाउन र उपक्षेत्रिय अस्पताल हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन मेरो पनि ठूलो भूमीका छ’ खनालले भन्नुभयो– ‘आफूले स्तरबृद्धि गरेको संरचनालाई सफल रुपमा सञ्चालन गर्नकालागी फेरि पनि हाम्रो भूमीका आवश्यक छ ।’
लाइभदाङ । १९ कार्तिक २०७९, शनिबार १७:२६ बजे