बाँकेमा फेरि कोरोना देखियो, ३ जनामा पुष्टि

Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.

बाँके, १७ असार ।

बाँकेमा फेरि कोभिड देखिएको छ । भेरी अस्पतालमा शंकास्पद तीन वटा नमुनाको पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले दुई जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए ।


कोभिड पुष्टि भएकाहरु २ जना नेपालगञ्ज–१८ र १ जना नेपालगञ्ज–१० का हुन् । केही दिन यता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरुमा संक्रमण देखिन थालेकोमा आइतबार बाँकेकै ३ जनामा कोभिड पुष्टि भएको हो । फोकल पर्सन वलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गरेका छन् ।