अन्नप्राशन र गुन्योचोलीको आशिर्वाद दिदै सभापति देउवा

‌दाङ, २९ माघ । नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरवहादुर देउवाले नेपाली कांग्रेस जिल्ला कार्य समिति दाङका सदस्य राजकुमार धितालकका पुत्रलाई अन्नप्राशन र पुत्रीलाई गुन्यो चोलीको पावन अवसरमा निजकै घरमा पुगी आशिर्वाद दिएका छन् ।

कांग्रेस केन्द्रीय सभापति दाङ आएको समयमा दाङ जिल्ला सदस्य राजकुमार धितालको छोरी अनुजाको गुन्यु चोलो र छोरा अनुजको अन्नप्राशनको कार्यक्रममा सहभागी अनुजा र अनुजलाई आशिर्वाद दिएका हुन ।

नेपाली कांग्रेस दाङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रम पश्चात सभापति देउवा जिल्ला सदस्य धितालको घरमा पुगेका थिए ।


अन्नप्राशन तथा गुन्यु चोलो कार्यक्रममा पुगेका केन्द्रीय सभापति देउवालाई नेपाली कांग्रेस दाङका सदस्य विर वहादुर खत्री ( विरु ) राजकुमार धिताल, महासमिति सदस्य कमलकिसोर धिमिरे, पूर्व नेका दाङका सभापति मोहनलाल ओली, लोकप्रिय नेता एवं महासमीती सदस्य किरणकिशोर घिमिरे लगायतका सयौँ शुभेच्छुक एवं कार्यकर्ताले स्वागत सम्मान गरेका थिए ।

अन्नप्राशन तथा गुन्यु चोलो कार्यक्रममा अनुजा र अनुजलाई आशिर्वाद दिँदै सभापति देउवाले सहमति, सहकार्य र एकता नेपाली कांग्रेसको मुलमन्त्र भएकाले सवै नेता कार्यकर्ताहरुलाई गुट उपगुट त्यागी नेपाली कांग्रेसको सच्चा कार्यकर्ता वन्न‌आग्रह गरे ।

अन्नप्राशन र गुन्यु चोली कार्यक्रम उपस्थित भई कार्यक्रमको सोभा वडाईदिएकोमा नेका जिल्ला कार्यसमिति सदस्य धितालले हार्दिक कृतज्ञता ज्ञापन गर्दै धन्यवाद समेत दिए ।