रोटरी क्लव अफ तुलसीपुरको अध्यक्षमा यज्ञबहादुर केसी

तुलसीपुर,१६ असार ।

रोटरी क्लव अफ तुलसीपुर सिटिको अध्यक्षमा यज्ञबहादुर केसी चयन भएका छन । उनी वर्ष २०२२/०२३ का लागि अध्यक्षमा चयन भएका हुन । बुधवार तुलसीपुरमा एक कार्यक्रमका बिच नवनिर्वाचित अध्यक्ष केसी सहित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका छन । त्यस्तै क्लवको निर्वाचित २०२३/०२४ को अध्यक्षमा पवन कुमार योगी,प्रस्थावित अध्यक्षमा बिनिल केसी,उपाध्यक्षहरुमा सन्दिपन रिजाल,देवेन्द्र केसी,बुद्ध प्रकाश सिंह,सचिवमा मनोज बस्नेत,कोषाध्यक्षमा रुपेश शर्मा,सहसचिवमा दिपेश भण्डारी चयन भएका छन ।

रोट्रयाक्ट क्लवको अध्यक्षमा गौतम
त्यस अवसरमा रोट्रयाक्ट क्लव अफ तुलसीपुरको पद हस्तान्तरण कार्यक्रम भएको छ । क्लवको वर्ष २०२३/०२४को अध्यक्षमा नारायण गौतम चयन भएका छन । त्यस्तै हेमराज बस्नेत,निर्वाचित अध्यक्षमा इनुप भण्डारी,उपाध्यक्षहरुमा सुरजजगं रायमाजी,राजन सिहं,माधव गौतम,प्रभास श्रेष्ठ, सचिवमा आकाश सिङ,सहसचिवमा प्रभास श्रेष्ठ,कोषाध्यक्षमा किरण पुन,सहकोषाध्यक्षमा रिसभ रिजाल चयन भएका छन ।


बुधवार संयुक्त रुपमा रोटरी क्लव अफ तुलसीपुर सिटिको १६ औं र रोट्रयाक्ट क्लव अफ तुलसीपुरको ९ औ पद हस्तान्तरण तथा ग्रहण कार्यक्रम भएको हो । वर्ष २०२१/०२२का अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस निता गौतम‘दिक्षित’ले संसारकै पहिलो सामाजिक संस्था रोटरी क्लव सामाजिक र मानविय सेवामा अग्रणी स्थानमा रहेको बताइन ।

त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले रोटरी क्लवले न्यायको क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गरेको बताए । कार्यक्रममा १९ न बाहिनिका बाहिनी पति रबिन्द्र खत्री,रोटरी क्लवका पुर्व अध्यक्ष बिमल रिजाल,रोटयाक कलबका वर्ष २०२१/०२२ का अध्यक्ष हेमराज बस्नेत लगाएतले क्लवले शिक्षा स्वास्थ्य,खानेपानी बिपद,असाहयहरुको लागि सक्रिय रुपमा मानवीय काम गर्दै आएको बताए ।

क्लवको निर्वाचित २०२३/०२४ को अध्यक्षमा पवन कुमार योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रोटरी क्लव वर्ष २०२१/२२ का महासचिवद्धय बुद्ध प्रकाश सिहं र रोट्रयाक्ट क्लवका इनुप भण्डारीले गरेका थिए ।