सितोरियो कराते ब्ल्याक बेल्ट ग्रेडिङ सुरु

लक्ष्मण बस्नेत
दाङ, १५ असार ।

नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश स्तरिय ब्ल्याकबेल्ट ग्रेडिङ तथा दिक्षान्त कार्यक्रम बुधबार देखि दाङको तुलसिपुरमा सुरु भएको छ । नेपाल सितोरियो करातेको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला कराते संघको आयोजनामा संचालित कार्यक्रमको उद्घाटन तुलसिपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधारीले गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर चौधरीले स्वस्थ,अनुशासित र समाजका लागि नैतिक जिम्मेवार नागरिक तयार गर्ने थलो खेलकुद भएको बताउनु भएको छ । रास्ट्रका लागि एउटा अनुशासित र स्वस्थ नागरिक उत्पादन गर्ने क्षेत्र खेलकुद नै यसर्थ यसको महत्त्वलाई सबैले बुझ्नुपर्ने समय आएको उहाले बताउनु भयो ।


साथै उहाले मानव स्वास्थ्य,आत्मरक्षा र अनुशानको मुख्य मेरुदण्ड कराते खेलको उच्च आदर्शलाई सबैले आत्मसात गर्नुपर्ने समेत बताउनु भयो । दाङ जिल्ला कराते संघका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधारीको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुदका सदस्य टेक बहादुर बिक र दाङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख पद्मा चौधरीको बिशिस्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख पद्मा चौधरी,नेपाल सितोरियो कराते कर्णाली प्रदेश प्रमुख प्रशिक्षक प्रदिप कुमार राई, दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

संघका सदस्य देउचन केसिको स्वागत रहेको कार्यक्रमको संचालन संघका सचिब मोह लाल थापाले गर्नु भएको थियो । पाँच दिन सम्म संचालन हुने करातेको ग्रेडिङ तथा दिक्षान्त कार्यक्रममा ब्ल्याकबेल्ट सोडान फस्ट डान,सेकेन्ड डान र थर्डडानको प्रमाणपत्र लिन समय पुगेका लुम्बिनी प्रदेशका १२ जिल्लाका झण्डै एक सय पचास सिनिएर खेलाडिको सहभागीता रहेको छ । कार्यक्रमको प्रशिक्षकमा नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपाली र नेपाल सितोरियो कराते कर्णाली प्रदेश प्रमुख प्रशिक्षक प्रदिप कुमार राई रहनु भएको छ ।