तुलसीपुरमा ५५ वर्षिया वृद्धा मृत फेला

तुलसीपुर , १८ असोज ।
दाङको तुलसीपुरमा एक जना ५५ वर्षिया वृद्धा मृत फेला परेकी छिन् । बिहीबार बिहान करिब ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका १७ जमेरा निवासी ५५ वर्षिया तुलसी चौधरी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए ।

चौधरी आफ्नै घर नजिक रहेको एबिसी इट्टा उद्योगले खनेको पोखरीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । श्रीमानले आफूसंगै सुतिरहेको श्रीमति नभएको बिहान ३ बजेतिर मात्रै थाहा पाएको प्रहरीले बताएको छ ।


उनको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ । साथै घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।