खोला दोहन रोक्न स्थानीय सरकार चनाखो होस्

दाङका खोलाहरु दोहनको चपेटामा परेका छन् । एकातिर अनुमति लिने, अर्को तिर उत्खनन् गर्ने कार्य भएका छन् । त्यसमा पनि वातावरणीय हिसाबले जहाँ प्रतिकूल हुन्छ, त्यहाँ उत्खनन् भइरहेका छन् । अनुमति नदिएकै ठाउँमा उत्खनन भइरहेका छन् । खोलाहरुमा ठूला–ठूला खाल्डाहरु परेका छन् । बर्षादमा बाढी आउदा त्यो बाढी किसानमा खेतमा पर्छ । गाउँ नै डुवानमा पर्ने उत्तिकै जोखिम पनि छ । परम्परागत रुपमा लाग्ने खेतहरु बाँझो हुने अबस्थामा छ । विगतमा पानी चढ्ने कुलाहरुमा अहिले पानी चढ्ने अबस्था छैन । विगतमा खोलाहरुमा रहेका अधिकांस पानीका मुहानहरु सुक्ने अबस्थामा छन् । बाटोको छेउमै उत्खनन् भएका छन्, पुलको छेउमा त्यस्तै छ । ठूला–ठूला खाल्डाले सबै जनालाई उच्चमित बनाउने गर्छ ।

खोला उत्खनन्को जिम्मा स्थानीय सरकारलाई छ । जसले उत्खनन्कालागि अनुमति दिन्छ, यसले अनुगमन पनि गर्नुपर्ने हो । तर, अनुगमन प्रभाबकारी हुन सकेको छैन । झनै स्थानीय सरकारको आडमा अहिले खोला दोहन गर्नेहरु सल्बलाएको देखिन्छ । खोला उत्खनन् गर्नेहरु प्रायः अधिकांस जनप्रतिनिधिहरुसंगै जोडिएका ब्यक्तीहरु बढि छन् । राजनीतिक संरक्षण पाएर नै अबैद्य काम गर्ने शक्ति मिलेकाहरुले नै अहिले यसरी अबैद्य धन्दा गरिहेका छन् । राजनीतिक दलका जिम्मेवार ब्यक्तीहरु नै त्यसमा मुछिने गर्छन् । त्यसैले पनि अहिलेको खोला उत्खनन्मा देखिएको बेथिति अन्त्य गर्न जनप्रतिनिधिहरु नै बढि जिम्मेवार भएमा हालको समस्या अन्त्य हुन सक्छ । तर, नियमन भन्दा पनि संरक्षण गर्ने गरि जसरी प्रस्तुत भएको देखिन्छ, यसले नदी क्षेत्रको पर्यावरणलाई निकै असर पार्ने देखिन्छ । अहिले जसरी दोहन भइरहेका छन्, यसको जिम्मा सम्बन्धिन क्षेत्रका जनप्रतिनिधिहरुलाई नै दिऔं, उनीहरुकै जोडबल र सहयोगले नै अहिले खोला, नदी नालाहरु स्वाहा भइरहेका छन्, भन्ने कुरा आम जनताले पनि बुझन जरुरी छ ।


खोलाहरु उत्खनन्को अनुगमन गर्ने कार्य जिल्ला समन्वय समितिको पनि हो । जहाँ समस्या देखिन्छ, त्यहाँ पुगेर अनुगमन गर्ने कार्य जिल्ला समन्वय समितिको हो । तर, जिल्ला समन्वय समितिले पनि आफ्नो विकाउ प्रबृतिलाई प्रसय दिएको पाइन्छ । खोलाहरु गहिरिएका छन्, त्यसको नैतिक जिम्मेवारी सम्बन्धित निकायको लिएको देखिदैन । खोलाहरुमा गहिरा गहिरा खाल्डाहरु हुँदा पनि त्यसको अनुगमन गर्ने कार्य नहुँदा पनि यसरी दोहन गर्नेहरु सल्बलाएका छन् । यस्ता कुराहरुमा सम्बन्धित निकाय गम्भीर बन्न आबश्यक छ । साभार : अग्रिम साप्ताहिक 

May be an image of 1 person and text that says 'अगिम www.livedang.com विचार/विविध ૦६ सम्पादकीय... खोला दोहन रोक्न स्थानीय सरकार चनाखो होस् दाडका खोलाहरू दोहनको चपेटामा परेका सोमबार (June 20. 2022 (onday) ဥ 'बजार व्यवस्थाप्रति राज्य उत्तरदायी भएन' कर्णालीको क्षेत्रमाका नरबहादरथापा ठूला-ठूला बाढी डुवानमा पनि अवस्थामा पानीका रहेका अवस्थामा भएका पुलको उत्खननक अनगमन सरकारको अधिकांस जनप्रतिनिधिहरुस शक्ति मिलेकाहरुले यसरी अबैद्य धन्दा गरिहेका राजनीतिक जिम्मेवार व्यक्तीहरु त्यसमा पुरुषको महिलाको मस्तिष्क बढी तातो क्ेत्रको भइरहेका जरुरी खोलाहरू समन्वय अनुगमन अनुगमन आफनो विकाउ प्रबतिलाई खोलाहरु गहिरिएका नैतिक जिम्मेवारी सम्बन्धित पनि यसरी कुराहरुमा सम्बन्धित सल्बलाएका बन्न समय सबे समाचार LIVE www.livedang.com'