तुलसीपुरको अपरिपक्क निर्णय : विधि मिचेर मेट्रोका कर्मचारी हटाएपछि विरोध

दाङ,८ असार । तुलसीपुर उपमहानगरपालिकाकाले विधि विपरित करार कर्मचारीलाई हटाएपछि विरोध भएको छ । उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो हस्पिटलबाट केहीलाई नविकरण गर्ने र केहीलाई नविकरण नगरेर हटाउने निर्णय गरेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले विरोध जनाएका हुन् ।

शनिबार बसेको अस्पताल विकास समितिको बैठकले मेट्रोका २१ जना कर्मचारीलाई नविकरण नगर्ने निर्णय गरेको थियो । जो की उनीहरुको असारमसान्त सम्म नियुक्ती थियो । त्यो नियुक्ती नसकिदै र कुनै जानकारी विनै एकाएक कर्मचारीलाई हटाएपछि विरोध भएको हो । हस्पिटलमा हाल कार्यरत ३७ जना मध्ये आफूखुसी १६ जनाको नविकरण गरेको र बाँकी २१ जनाको नविकरण नगर्ने निर्णय गरेको हो । तर,यो कुन विधिबाट कसैलार्य नविकण गरियो र कसैलाई हटाइयो भन्ने कुरा स्पस्ट नभएको स्वयं नगर प्रमुख टिकाराम खड्का स्वीकार गर्छन् ।‘ कार्यपालिकाको बैठकले संघीय सरकारको निर्णय अनुसार २५ प्रतिशत कर्मचारीलाई मात्रै काममा लगाउने भनेपछि सोही अनुसार कोही कर्मचारीको नविकरण गरिएको र कोहीलाई विदाई गर्ने निर्णय गरिएको हो’, उनले ति कर्मचारीहरुसंगको भेटमा भने‘कोरोनाको समयमा उहाँहरुलाई नियुक्ती गरिएको हो, कोरोना सकिएपछि अहिले केन्द्रले नै २५ प्रतिशत मात्रै कर्मचारी राख्ने भनि निर्देशन आयो, त्यही अनुसार गरेका हौं ।’

यस अघि नगरप्रमुख घनश्याम पाण्डे हुँदा त्यहाँ अस्थायी दरबन्दी सिर्जना गरेर कार्यपालिकाबाटै पास गरेर कर्मचारी भर्ति गरिएको थियो । तर, ति कर्मचारीलाई हटाउदा पनि विधि अनुसार गर्नुपर्ने त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको माग छ । ‘हामी २१ जना कर्मचारीको नविकरण गरिएको छैन्, १६ जनालाई नविकरण गर्ने निर्णय गरिएको रहेछ’, अहेब सरस्वति बस्नेतले भनिन्‘यसरी कसैको नविकरण गर्ने र कसैलाई हटाउने के आधारमा भयो, यो विधिबाट गरियो त्यो क्लिएर हुनुपर्छ ।’

यदि हटाउनु पर्ने अबस्था भएपनि आन्तरिक प्रतिस्पर्धा गराउनु पर्ने उनीहरुको माग छ । असारसम्म आफ्नो करारको अबधी भएपनि त्यो भन्दा अगाडी नै आफूहरुलाई हटाएको भन्दै यो कार्य गलत भएको सुरक्षागार्ड माथवरसिंह रावतले बताए । ‘हामीहरुले कोरोना महामारीमा खेलेको भूमिका महत्वपूर्ण छ, हामीले ज्यूज्यानको माया नगरेर कोरोना महामारीमा लड्यौं’, उनले भने‘तर, अहिले कुनै विधि पद्धतिविना एकाएक हटाएपछि हामी आस्चार्यमा प¥यौं, हामी यो कार्यको घोर विरोध पनि गर्दछौं ।’ बैशाखयता आफूहरुले तलब समेत नपाएको उनीहरुको गुनासो रहेको छ ।

यदि उपमहानगरपालिकाले आर्थिक अभाबकै कारण कर्मचारी घटाउन खोजेको हो भने पनि आफूहरु तलब नलिएरै पनि काम गर्न तयार रहेको समेत उनीहरुको माग छ ।‘नगरपालिकालाई आर्थिक अबस्था कम्जोर भएर यसरी कर्मचारी हटाउनु परेको हो भने हामी भोलेन्टियर रुपमा पनि काम गर्न तयार छौं’, अहेब बस्नेतले भनिन्‘ तर, हामीलाई यसरी हटाउन पाइदैन । नातावाद, कृपावादका आधारमा गरिएको नियुक्तीको हामीलाई मान्य छैन् ।’ साथै कोभिड भत्ता पनि अहिलेसम्म नपाएको उनीहरुले गुनारो गरेका छन् । सुरुमा त्यहाँ ४२ जनाको नियुक्ती भएको थियो । बाँकी रहेका ३७ जनामध्ये १६ जनाको नियुक्ती भएको छ, भने २१ जनालाई नियुक्ती नगर्ने निर्णय भएको छ ।


नियुक्त गरिएका कर्मचारी

हटाइएका कर्मचारी