द क्रस फायर गोर्खा ट्रेनिङ सेन्टरद्धारा आर्मी र प्रहरीमा नाम निकालेका बिद्यार्थीहरुलाई बिदाई

तुलसीपुर, २९ कात्तिक ।
दाङको तुलसीपुरमा रहेको द क्रस फायर गोर्खा ट्रेनिङ सेन्टरबाट नेपाल आर्मी र नेपाल प्रहरीलगाएतमा भर्ती हुन सफल बिद्यार्थीहरुलाई सम्मानसहित बिदाई गरिएको छ । आज एक कार्यक्रममा बिच उनीहरुलाई बिदाई गरिएको हो । सो अवसरमा बोल्दै पत्रकार दिपक बोहराले नेपाल आर्मी र नेपाल प्रहरी भनेको देश र जनताको रक्षा गर्ने अभिन्न अंकका रुपमा रहेकाले जिम्मेवार तरिकाले आफ्नो भुमिका निर्वाह गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पत्रकार बोहराले सुरक्षा निकायमा हुने चेन अफ कमाण्डको पालना गरी अनुसासित भएर काम गरे अझै सफल हुन सकिने भन्दै उहाँले आगामी दिनहरुमा पनि सफलताको शुभकामना व्यक्त गर्नुभयो । यसैगरी द क्रस फायर गोर्खा ट्रेनिङ सेन्टरमा ट्रेनिङ गरी भर्ती हुन सफल भएका विद्यार्थीहरुले लगनसिल भएर मेहनत गरे मात्रै लक्ष्यमा पुग्न सकिने बताएका छन् ।


आफुहरुले पनि कडा मेहनत गरेर अहिले उदेश्य पुरा गर्न सफल भएको भन्दै उनीहरुले अन्य अनुतिर्ण हुने विद्यार्थीहरुलाई कत्तिपनि मन नदुखाउन र हरेस नखाई अझै मेहनत गर्न सुझाव दिएका छन् । सुरक्षा निकायतर्फको तयारीका लागी तुलसीपुरमा रहेको द क्रस फायर गोर्खा ट्रेनिङ सेन्टर नै राम्रो भरपर्दो र उपयुक्त रहेको भन्दै उनीहरुले आर्मी प्रहरी बन्न इच्छुक व्यक्तीहरुले यही ट्रेनिङ सेन्टरमा तालिम गर्न आग्रह गरेका छन् । यही ट्रेनिङ सेन्टरमा तालिम गरेका भरत चदरा नेपाल आर्मी, दुर्गा कुमाल नेपाल प्रहरी जवना, पुष्पा रोकाया नेपाल प्रहरी जवान र राधिका बिकले फरेष्टी बन रक्षकमा नाम निकाल्न भएका हुन् ।

उनीहरुलाई आज एक कार्यक्रमका बिच सम्मानसहित बिदाई गरिएको ट्रेनिङ सेन्टरका सञ्चालक सञ्जय बिकले जानकारी दिनुभयो । उहाँका अनुसार २०७६ सालमा स्थापना भएको द क्रस फायर गोर्खा ट्रेनिङ सेन्टरले नेपाल आर्मी, नेपाल प्रहरी, भारतिय सेनालगाएत विभिन्न निकायसम्बन्धि ट्रेनिङ प्रदान गर्दै आएको छ । अहिलेसम्म ५ सय जना विद्यार्थी भर्ना भएकोमा ३ सय भन्दा धेरै विदार्थी भर्ती गराउन सफल भइसकेको छ ।