७० बर्ष बितेको थाहा नै भएन भत्ताको लागि नेपाल आए

निराश पान्डे
शान्तिनगर,२ असार ।

सोमबार दिनको साढे तीन बजेको थियो म वडा नम्बर तिनको कार्यालय चिराघाटको प्राङ्गणमा थिए । मलाई वडा सचीव हेम प्रसाद भन्डारिले वडा अध्यक्ष ज्युले बोलाउनु भएको छ । उ त्यो तल पिपल बोट जानू भनेर भन्नू भयो म सिधै तल गए।  पिपल बोटको छायामा बसेर वडा अध्यक्ष मीन बहादुर के सि ले हामी दुबै जनाको फोटो खिचिदिन अनुरोध गर्नु भयो । मैले फोटो पनि खिचे अर्का वडा अध्यक्ष संग फोटो खिचाउने को हुनुहुन्छ भन्ने लाग्न सक्छ उहाँ हुनुहुन्छ । दाङ्ग शान्तिनगर गाउँ पालिका वडा नम्बर ३ निवासी ९१ बर्षका बृद्ध भबिलाल घर्ती बिक्रम संवत् १९८८ साल शान्तिनगर बाघखोर जन्मेका भबिलाल १७ बर्षको जवानिमा घरमा कसै लाई थाहा नदिएर छिमेकी देस भारत प्रस्थान गर्नु भयो ।

समय बित्दै जादा भबिलालले धेरै समय भारतको हिमाचल प्रदेशमा बिताउनु भयो । घर आज जाम्ला भोलि जाम्ला भन्दा भन्दै जिबनकै ७० बर्ष भारतमै बिताउनु भयो आफू सानै हुदा बाबू गुमाउनु भएका भबिलालका दिनहरु कष्टकर हुँदै गए र त्यहा बस्दा साथिहरुले नेपालमा भत्ता दिन्छ रे सरकारले अब उतै जानुपर्छ । भने पछि भबिलाल त्यही भत्ताको आसमा २०७५ सालमा आफ्नो घर सम्झी नेपाल आए ४ भाइको जेठो छोरा भबिलाल घर त आए अब भत्ता कसरी खाने भन्ने चिन्ता छायो भत्ता खान नेपाली नागरिकता चाहिन्छ । शान्तिनगरका पुर्ब उपाध्यक्ष टीका लाल छन्तेल र पुर्ब वडा अध्यक्ष बलबिर छन्तेलको सहयोगमा भबिलालले नागरिकता पनि बनाउनु भयो, र भत्ताको लागि वडा कार्यालयमा आवश्यक कागजात पेस गर्नु भयो र भत्ता खान पनि सुरु गर्नु भयो।


अहिले ९१ बर्षे भबिलाल शान्तिनगर गाउँ पालिका वडा नम्बर ४ चिराघाट स्थित जेष्ठ नागरिकको भवनमा बिगत २ बर्ष अघि देखि एक्लै बस्दै आउनु भएको छ। तेहि आफुले पाउने मासिक सामाजिक सुरक्षा भत्ता बाट आफ्नो जीवन यापन गर्दै आउनु भएको छ। ७० बर्ष भारत बिताउनु भएका भबिलालले बिबाह गर्ने सोच पनि कहिल्यै नबनाएको बताउनु हुन्छ । मलाई बिबाह गर्नु पर्छ भनेर मनमै आएन उहाँ बताउनु हुन्छ । मेरो आफ्नो कोहि छैन जे छ यहि नागरिकता छ। यहि बाट मेरो दैनिकी चलेको छ भावुक हुँदै भन्नू भयो ।आफू बस्ने घर अगाडि बाट बर्षा याममा खोला बग्छ के गर्नु खोलाको छेउमा बस्छु डर त लाग्छ लागेर के गर्नु बाध्यता छ भबिलालले भन्नू भयो। आफुले पाउने त्यही मासिक भत्ता बाट महिना भरिको खर्च टारेको बताउनु हुन्छ। आफूलाई मासिक आफुले पाउने भत्ता बाहेक अरु कतै बाट सहयोग नजुटेको बताउदै थप सहयोग गरिदिन पनि सबै लाई अनुरोध गर्नु भएको छ।

मलाई नागरिकता बनाउदा सहयोग गर्ने बलबिर छन्तेलको मृत्यु भैसकेको छ। म उहाँलाई हरपल सम्झिन्छु र अर्का टीका लाल छन्तेल पनि बिरामी हुनुहुन्छ भन्ने खबर सुन्छु मलाई चिन्ता लाग्छ उहाँले भन्नू भयो । उता वडा अध्यक्ष मीन बहादुर के सि ले आफुले भबिलालको लागि मोबाइल फोन र सिम बुधबार हस्तान्तरण गर्ने जनाउदै अन्य थप सहयोग गर्न आफू तयार रहेको बताएका छन। वडा अध्यक्ष मीन बहादुर के सि जस्ता अन्य सहयोगि मनहरुले ९१ बर्षे भबिलाल घर्ती लाई सहयोग गर्दा रामै हुनि थियोकी।