मुसोटखोला–कुइरेपानीमा सुरुङमार्गकालागि अध्ययन गरिने

तुलसीपुर
१ असार / दाङको मुसोटखोलादेखि कुइरेपानीसम्म सुरुङमार्ग निर्माणकालागि सम्भाब्यता अध्ययन गरिने भएको छ ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थक बर्ष २०७९÷०८० कालागि बुधबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


मसौट खोला – कुइरेपानी, मसिना – अरुङखोला, बनकसवासा – कालाकाटे लगायतका क्षेत्रहरूमा सुरुङ्गमार्ग निर्माणकालागि सम्भाब्यता अध्ययन गरिने भएको हो । त्यस्तै धानखोलामा बहुउद्देश्यीय जलाशय निर्माणका लागि पनि सम्भाव्यता अध्ययन भएको हो ।