अतिक्रमित ठाउँलाई हराभरा बनाएपछि बन्यो ‘पर्यटकीय स्थल’

दाङ, ३१ जेठ ।

दाङको तुलसीपुर ७ गणेशपुर स्थित राप्ती शान्ति उद्यान पार्क बनाईएको त्यो स्थान कुनै समय अतिक्रमित थियो । कुनै बेला त्यो राष्ट्रिय बन क्षेत्र थियो ।तर, मानिशले त्यसलाई अतिक्रमण गरेर घर समेत बनाउन खोजिरहेको अबस्था थियो । बनलाई अतिक्रमण गरेर घर बनाउदा हरेक हिसाबले असर गर्ने भएपछि त्यहाँका स्थानीयले अतिक्रमण रोके र त्यो बनलाई जोगाउन तत्कालिन जिल्ला बिकास समिति, जिल्ला बन कार्यालयलगायतबाट रुख ल्याएर रोपे । त्यसपछि बन हराभरा हुँदै गयो । त्यो बनलाई श्री गणेश सामुदायिक बन बनाईयो ।

No description available.

राजतन्त्र अन्त्यकालागि साबिक राप्ती अञ्चलबाटै जनयुद्धको सुरुवात भएको थियो । अब राप्तीबाटै शान्ति स्थापना गर्नुपर्छ, भन्ने त्यस क्षेत्रका नागरिकको सल्लाह भयो, अनी त्यही बनमा ‘राप्ती शान्ति उद्यान’ नाम दिएर काम अगाडी बढाईयो । २०५९ सालमा स्थानीय हरि रिजालले त्यसको नेतृत्व गरे र इञ्जिनियर बासुदेव रिजालले त्यसलाई रेखांकन गरेपछि त्यहाँ पार्क निर्माणको काम अघि बढेको थियो । शान्तिको कामनासहित पर्यटकीय स्थल बनाउने परिकल्पना सहित काम अघि बढेको थियो ।‘त्यतिबेला मुलुक जनयुद्ध उत्कर्षमा थियो, जनयुद्धको स्थल पनि साविक राप्ती थियो’, पार्क ब्यबस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीले भने‘त्यसैले साविक राप्तीबाटै शान्तिको कामना गर्ने र पर्यटक पनि बृद्धि गर्ने उद्देश्यले त्यो पार्क निर्माण गरेका हौं ।’

No description available.

अहिले त्यही पार्कमा पर्यटकको घुँइचो लाग्ने गरेको छ । त्यहाँ शान्तिका अग्रदुत गौतम बुद्धको मूर्ति पनि राखिएको छ । त्यसलाई हेर्न पनि उत्तिकै घुँइचो लाग्ने गर्छ, भने त्यहाँको बनजंगलसहितको सुन्दर वातावरणमा रमाउन पनि त्यहाँ पुग्ने गरेको अध्यक्ष भण्डारीले बताए ।‘एउटा त यो ठाउँ आफै पनि सुन्दर छ, किन भने सामुदायिक बनमा यो पार्क छ’,उनले भने‘ त्यसमा पनि हामीले गौतम बुद्धको मुर्ति निर्माण गरेपछि झनै पर्यटकहरुको बढेका छन् ।’ उनका अनुसार दैनिक ४ सयदेखि ५ सयसम्म पर्यटकले अवलोकन गर्ने गरेका छन् ।

No description available.


विद्यार्थीहरुलाई प्रवेशमा ५० प्रतिशत छुट छ भने अपाङ्ग, असहाय, जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यबस्था रहेको छ । त्यो बाहेक अन्यले रु ३० को टिकेट काट्नु पर्छ । भित्र प्रवेश गरे लगतै गेटबाटै देखिने गौतमबुद्धको मूर्तिसहित सूर्यमुखी फूलले पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् । अलि भित्र पस्दा पानीको फोहोरा, कृतिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका चितुवा, बाँदर, उल्लु, खरायोका बच्चालगायतका जनवारसंग पनि पर्यटकहरु उत्तिकै रम्ने गरेका हुन्छन् । त्यहाँ रहेको चिल्ड्रेन पार्कमा पनि मानिशहरु उत्तिकै झुमिएका देखिन्छन् । चिल्ड्रेन पार्क सञ्चालनकालागि अर्को संस्थालाई भाडामा दिईएको छ । त्यहाँ पिङ, स्वीमिङदेखि बच्चाहरुले खेल्ने हरेक सामग्रीहरु राखिएको हुन्छ ।

No description available.

गणेपुरपार्कमा जिल्ला बाहिरबाट पनि पर्यटकहरु आउने गरेका छन् । बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट आउने गरेका छन् । बाहिरबाट दाङमा काम विशेषले आएकाहरु पनि गणेशपुर पार्कको अवलोकन नगरी फर्किदैनन् । सपना चौधरी बाँके राप्ती सोनारी निवासी हुन् । उनको दीदीको विहे तुलसीपुरको घुसेरी भन्ने ठाउँमा भएकोछ । दिदी घर आउँदा सधै गणेशपुर पार्क पुगेर मात्रै फर्किन्छिन् ।‘म पहिले पनि यो पार्क हेर्न आएकी थिएँ, दिदीको घर आउँदा सधै यो पार्कमा आउने गर्छु’,उनले भनिन्‘ यहाँ घुम्दा आनन्द आउने भएकाले पनि म उहाँ आउछु ।’

No description available.

चिडियाखानामा घाइते जनावार
चिडियाखानामा मानिशको आक्रमणमा परि घाईते भएका जनवारहरुलाई राख्ने गरिएको छ । बाहिरबाट ल्याउन महगो पनि पर्ने भएकाले अहिले जिल्ला बन कार्यालयले यस्ता जनवारहरुलाई गणेशपुर पार्क स्थित चिडियाखानालाई दिने गरेको छ । साभारः अग्रिम साप्ताहिक

No description available.

May be an image of outdoors and text