दाङमा खुकुरी प्रहारबाट एक जना घाइते

दाङ, १९ जेठ ।

दाङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा लमही नगरपालिका-२ बनकट्टा बस्ने ३५ वर्षीय मनसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रासाद रिजालले जानकारी दिनुभएको छ ।


गए राती १ बजे सोहि ठाउँ बस्ने ५४ वर्षीय देव नारायण चौधरीले आवेशमा आएर मनसीरामको घाटी र अनुहारमा खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । घाइतेको सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले बताएको छ । उक्त घटनाका आरोपीत देवनारायण फरार रहेको र खोजि कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।