एमालेबाट २०५४ सालमा वडा सदस्य निर्वाचित बनेका भट्टराईले छोडे पार्टी

तुलसीपुर
१५ वैशाख / दाङ दंगीशरण गाउँपालिका वडा नं. ७ का वडा सदस्य नबराज भट्टराइले पार्टी परित्याग गरेका छन् ।

उनी २०३२ सालदेखि कम्युनिष्ट आन्दोलनमा जोडिएको र २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य विजयी भएको भएका थिए । उनले पार्टीमा चरम गुटबन्दी गरी निष्ठावान कार्यकर्ताहरुलाई पाखा लगाई कार्यकर्ताको मनोभावना विपरित गएकाले पार्टी छोडेको बताए ।


उनी बुट्टिपुर निवासी हुन् ।

No description available.