तुलसीपुरका सामुदायिक विद्यालयको अनुहार हेर्दा गुरुजजुर हेर्छौ : शिक्षा प्रमुख भण्डारी

तुलसीपुर,१४ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले तुलसीपुरको शिक्षा क्षेत्रको मुहार‘गुरुजजुर’बाट देखिने बताएका छन् । तुलसीपुर ४ रक्षाचौर स्थित गुरुजजुर माविले आयोजना गरेको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीकालागि आयोजना गरेको योग, ध्यान तथा प्रबोधिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले तुलसीपुरमा सामुदायिक विद्यालयको अबस्था कस्तो छ, भन्ने कुरा गुरुजजुरबाट स्पस्ट हुने उनले बताए ।‘हामीले तुलसीपुरको शिक्षाको अबस्था के छ, भनेर हेर्दा गुरुजजुरलाई हेर्छौ, यो विद्यालय उदाहरणीय बनेको छ’,उनले भने । साथै उनले विद्यालय सुधारकालागि शिक्षक र ब्यबस्थापन समितिको सम्बन्ध प्रगाढ हुनुपर्ने बताए ।


कार्यक्रममा विशिष्ट अतिथि योग गुरु रविन्द्र बस्नेत र पूर्व स्रोत ब्यक्ती मुकुन्द रिजालले प्रशिक्षण दिएका थिए । उनीहरुले प्रशिक्षण दिदै विद्यार्थीहरुलाई बाटो देखाउने काम शिक्षकहरुको भएको बताएका थिए । शिक्षकहरुले जुनबाट देखाएको, विद्यार्थीहरु त्यही बाटो हिड्ने उनीहरुको भनाई थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकमणी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष इश्वरी प्रसाद गैरे, सल्लाहकार विष्णुप्रसाद आचार्य, सुरबीर वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी केसीले कार्यक्रमको औचित्य माथि प्रष्ट पारेकी थिइन्, भने सहजीकरण सहायक प्रधानाध्यापक मुकुन्द न्यौपानेले गरेका थिए ।