पाँच बर्षे कार्यकालमा भ्रस्टाचार मुक्त पालिका बनाउन पहल गर्छु : खड्का

रामप्रसाद सुवेदी
हापुरे, १३ जेठ ।

बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्काले आफ्नो पाँच वर्षे कार्यकालमा बबई गाउँपालिकालाई भ्रष्टाचार मुक्त पालिका बनाउने बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा सरस्वती माध्यामीक विद्यालय चरकमटीयामा आयोजित भ्रष्टाचार नियनत्रण तथा शुशासन प्रबद्र्घनमा विद्यालय स्तरीय सामुदायिक शिक्षा कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उपाध्यक्ष खड्काले विद्यार्थीहरु देशका कर्णाधार भएको विद्यार्थीहरुले सबै क्षेत्रमा खबरदारी गर्नसक्ने हुदा यस्ता कार्यक्रम सबै विद्यालयहरुमा आयोजना गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लले भ्रष्टाचार अधिकासं स्थानीय तहमा हुने कुराहरुमा जोड दिदै चुनावका बेला स्थानीय तहमा हुने अनावश्यक खर्च रोक्न सकीयो भने पनी भ्रस्टाचार कम हुने बताउनुभयो । मल्लले पाठ्यपुस्तकमा समेत यो विषय समेट्न सके राम्रो हुने धारणा राख्नुभयो ।


विद्यालयका प्रध्यानाध्यापक ललीत केसीले यती रामा्रे कार्यक्रमका लागी आफ्नो विद्यालयलाई छनौट गरेकोमा आयोजकलाई धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा सहभागीका तर्फबाट बोल्दै सतीराम चौधरी र बिदुसी राम्जाले आफुहरुले सीकेका कुराहरु गाउँघरमा समेत सिकाउने र कतै भ्रष्टाचार भए खबरदारी गर्दै भ्रष्टाचार मुक्त समाज निर्माणमा लागीपर्ने बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख बिजयराज पौडेलको अध्यक्षता तथा बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कायक्रमको संचालन अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका शाखा अधीकृत श्रीधर टन्डनले गनुभए थियो ।