नेपाल लेखापढी कानुन ब्यवसायी एशोसियन तुलसीपुरको अध्यक्षमा न्यौपाने

तुलसीपुर, १३ माघ ।
लेखापढी कानुन ब्यवसायी एशोसियन इकाई समितिको दशौ बार्षिक साधारण सभा तथा ४ औ अधिवेशनले बिनोद न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

यसैगरि उपाध्यक्षमा टेक बहादुर खडका, सचिवमा तिलकराम शर्मा, सह सचिवमा सुमन रेग्मी, कोषाध्यक्षमा भिम बहादुर खत्री, सह कोषाध्यक्षमा कुमार न्यौपाने र सदस्यहरुमा सुनिल पान्डे रेशम राज न्यौपाने, यादव प्रसाद कडेल, नवराज गौतम, डिल्लीराज कडेल झग्गु प्रसाद ओली र उमावती सुनार रहेका छन् ।अधिवेशन तुलसीपुरमा शुक्रबार र शनिवार गरि दुईदिन सम्म भएको थियो ।


अध्यक्ष शोभाखर न्यौपानेको अध्यक्षता तथा नेपाल लेखापढी कानुन ब्यवसायी केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक अर्जुन के।सी।को प्रमुख आतिथ्यतामा अधिवेशा तथा सभा सम्पन्न भएको हो । अधिवेशनका प्रमुख अतिथी उपाध्यक्ष क्षेत्रीले लेखा पढि ब्यबसायलाई कुरै नबुझी बिचौलियाको संज्ञा दिने गरेकोमा चिन्ता ब्यक्त गरे । उनले हाम्रो संगठन नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गरिरहेको बताए ।

हाल आफ्नो संगठन राज्यको पाँचौ अंगको कानुन ब्यबसायी भएको हुदा अबिबक्ता र अधिबक्ता हुन पाउनु पर्नेमा आफ्नो संगठनको पक्षमा नेपाल बारले समन्वय गरि रहेको जानकारी गराए ।