तुलसीपुर –१९ मा प्रेमनाथ योगीको प्यानलनै विजयी

तुलसीपुर, ११ जेठ।

तुलसीपुर–१९ को अध्यक्षमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । प्रेमनाथ योगीले १५ सय ५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी केशरबहादुरर पुन ११ सय १७ मत प्राप्त गरेका छन् । खडक बहादुर वली (पुतली) २१८, बिरबहादु मल्ल (हलो) २४, सुरेन्द्र राज रोका (गुलाबको फूल) १७, देवराज वली (गोलाकार भित्र हसियाहतौदा) ८ र सालिराम नेपाली (घर) ६ मत प्राप्त गरेका छन् ।


त्यस्तै महिला सदस्यमा ताराकुमारी वली (सूर्य) १५ सय ९, दलित महिला सदस्य रेवती कामी (सूर्य) १५ सय ६, खुल्ला सदस्य रामबहादुर पौडेल (दुई सूर्य) १४ सय ६५ र पूर्ण बहादुर बुढाथोकी १४ सय ९५ मत प्राप्त गरेर विजयी भएका छन् ।