तुलसीपुर उपमहानगर : करिब ६० हजार मत गन्दा एमाले १६५० मतले अगाडी

दीपक बोहरा
दाङ,१० जेठ ।

तुलसीपुर उपमहानगरपालिकामा करिब ६० हजार मत गणना हुँदा एमाले १६५० मतले अगाडी छ । ५९ हजार ५६३ मत गन्दा एमालेका टिकाराम खड्काले २४ हजार ८९१ मत ल्याएका छन्, उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत ल्याएका छन् ।


उपप्रमुखमा पनि एमालेको सुरुवात देखि नै अग्रता छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेकी छिन्, भने गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत ल्यएका छन् । उनीहरुबीच सातहजार २३९ को मतान्तर रहेको छ । तुलसीपुरमा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

तुलसीपुरमा यस अघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हाँसिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४हजार ३३६ जनाले मतदान गरेका थिए ।