तुलसीपुर-८ मा गठबन्धनलाई हराउदै एमाले विजयी

तुलसीपुर, ७ जेठ ।

तुलसीपुर उपमहानगरपालिका–८ मा गठबन्धनलाई हराउँदै एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका धर्मराज ओली, महिला सदस्य सुमित्रा चौधरी, दलित महिला सदस्य निमा सार्की, खुल्ला सदस्य तुलप्रसाद खराल र हस्त बहादुर विक विजयी हुनुभएको छ ।


यद्यपी निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको छ । उक्त वडा तुलसीपुर उपमहानगरपालिकाका मेयर तथा एमाले केन्द्रिय सदस्य घनश्याम पाण्डेको वडा हो । यो वडा नेपाली कांग्रेसको बलियो वडाका रुपमा चिन्निन्छ।