एउटै वडामा ९०६ बदर

दाङ,६ जेठ ।

दाङ तुलसीपुरको एउटै वडामा ९०६ मत बदर भएको छ । ३७४१ मत खसेकोमा ९०६ मत बदर भएको हो । बदर भएको उक्त मत उपमेयरको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं.५ बाट उक्त मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए । उनका अनुसार यो बदर मत अत्याधिक हो ।


त्यस्तै तुलसीपुर-४ बाट पनि त्यतिकै मत बदर भएको छ । त्यस्तै ४१७७ मत खसेको तुलसीपुर-४ बाट ८६१ मत बदर भयो । तुलसीपुर -१ बाट ३९६, तुलसीपुर -२ बाट ३६४ मत बदर भएको छ ।

यस पटक धेरै दलको गठबन्धन भएको र एउटै पदमा धेरै छाप लगाएकाले धेरै बदर रहेको उनले बताए । प्रायः क्रस गरेर मतदान गर्न खोज्दा यस्तो समस्या भएको हो ।