तुलसीपुरबाट चार लागुऔषध कारोवारी पक्राउ

दाङ,३ जेठ ।

दाङको तुलसीपुरबाट ४ जना लागुऔषध कारोवारी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर १२ को बबई क्याम्पस पछाडी सडकमा रा  ५ प ८८६५ नम्बरको मोटरसाईकलमा शंकास्पद रुपमा ३ जना चढी हिडिरहेको अबस्थामा चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर फेला परेको हो ।


पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी २७ बर्षीय मार्केट जेठा भन्ने कृष्ण जैसी, घोराही उपमहानगरपालिका वडा नं. १० घर भई हाल तुलसीपुर ५ बस्ने २८ बर्षीय राजेश नेपाली, तुलसीपुर ६ सुन्दर टोल बस्ने २३ बर्षीय रविन नेपाली र तुलसीपुर ५ बस्ने ३४ बर्षीय अमर बाल्मिकीलाई पक्राउ गरिएको हो ।

रविन नेपालीको पाईन्टमा राखेको अबस्थामा ३०० मिली ब्राउन सुगर भेटिएको हो, भने तुलसीपुर ६ निवासी ३४ बर्षीय अम्मर बाल्मिकीको डेराबाट १४० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको हो । नेपालीले बाल्मिकीबाट खरिद गरेको भनि बयान दिएपनि डेरामा पनि खोजतलास गरिएको थियो । सोमबार साँझ साढे ६ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो ।