दाङका एसपी र डिएसपीको एकैचोटी सरुवा

दाङ १६ भदौ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि र डिएसपिको एकैचोटि सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले निकालेको सुचना अनुसार दाङका एसपि बिरबहादुर वलिको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको मानब स्रोत बिभागमा सरुवा भएको छ भने डिएसपि राजन गौतमको कर्णालि प्रदेश प्रहरी कार्यालयको बजेट शाखामा सरुवा भएको हो ।


प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सुचि अनुसार गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत रामबहादुर केसि नयाँ जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा भइ आउने भएका छन ।

त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय बजेट शाखामा कार्यरत जनकबहादुर मल्ल नयाँ डिएसपिका रुपमा आउने भएका छन ।