तुलसीपुरमा मास्क खोई ? अभियान

तुलसीपुर
२४ साउन / तुलसीपुरमा तपाईको मास्क खोइ अभियानलाई पुनः निरन्तरता दिइएको छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाको अगुवाईमा उक्त कार्यक्रम गरिएको हो ।

तुलसीपुर उपमहागरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यलय तुलसीपुर, सस्शत्र प्रहरी बल बेस क्याम्प तुलसीपुर, मधेश मानव अधिकार संघ, रिपोर्टस क्लब दाङ लगायतको सहकार्यमा मास्क वितरण कार्यक्रम गरिएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मास्क अभियान सुरु गरिएको छ ।

त्यस्तै तुलसीपुरमा शुरु भएको मास्क अभियानले तुलसीपुर उद्योग वाणिज्य संघ चोक देखि तुलसीपुर बजार क्षेत्र, बसपार्क, सार्वजनिक यातायातमा सवार यात्रुहरु र मास्क नलगाएर खुलेयाम हिड्डुल गर्ने पैदलयात्रुलाई मास्क वितरण गरेको छ । साथै ‘म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ लगायतका नारा पनि अभियानका लागि स्वास्थ्य मन्त्रालयले तय गरेको छ ।

मास्क वितरणका अवसरमा तुलसीपुर उद्योग वााणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले सबैलाई अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरेका थिए । साथै उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै यो अभियान निरन्तर चल्ने बताए । त्यस्तै उनले व्यवसायीहरुलाई अनिवार्य रुपमा पुर्ण रुपमा स्वास्थ्यको मापदण्डको पालना गरेर व्यवसाय संचालन गर्न समेत अनुरोध गरे ।


त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले पटक पटक स्वास्थ्य सम्बन्धी मापदण्डको पालन गर्न अनुरोध गरे पनि व्यवसायी तथा आम नागरिकले अतेरी गरेमा अब भने कानुनी कार्वाही गरिने बताएका छन् । ली’ लगायतका नारा पनि अभियानका लागि स्वास्थ्य मन्त्रालयले तय गरेको छ ।

मास्क वितरणका अवसरमा तुलसीपुर उद्योग वााणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले सबैलाई अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरेका थिए । साथै उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै यो अभियान निरन्तर चल्ने बताए । त्यस्तै उनले व्यवसायीहरुलाई अनिवार्य रुपमा पुर्ण रुपमा स्वास्थ्यको मापदण्डको पालना गरेर व्यवसाय संचालन गर्न समेत अनुरोध गरे ।

त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले पटक पटक स्वास्थ्य सम्बन्धी मापदण्डको पालन गर्न अनुरोध गरे पनि व्यवसायी तथा आम नागरिकले बारम्बार अटेरि गरेमा अब भने कानुनी कार्वाही गरिने बताएका छन् ।