फुलवारीका आगलागी पीडितलाई माओवादी केन्द्रको सहयोग

तुलसीपुर, १० बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ सिमलखुट्टीका आगलागी पीडितलाई माओवादी केन्द्र तुलसीपुरले खाद्यान्न सहयोग गरेको छ ।

बुधबार रातिको आगोले डोटी महतारा र उनका छोराहरुसहित तीन घर जलेर नष्ट भएका थिए । घर जलेर नष्ट भएपछि उनीहरु घरबार विहीन बनेका छन् । घरबार विहीन भएपछि खान, बस्नको समस्या भएको भन्दै माओवादी केन्द्र तुलसीपुरले ७ बोरा चामल, दाल, नुनलगायतका सामग्री विहीबार हस्तान्तरण गरेको हो ।

पार्टीका प्रदेश कमिटि सदस्य तथा तुलसीपुर कमिटिका सहइन्चार्ज चित्रबहादुर खड्का, प्रदेश कमिटि सदस्य खुसीराम चौधरी, खेमराज वली, नगरका उपाध्यक्ष मोहन थापा,तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, वाइसिएल दाङका इन्चार्ज अमर नेपाली‘माइकल’, संयोजक माधव बुढाथोकी, अखिल क्रान्तिकारीका दाङ जिल्ला इन्चार्ज विन्दू खड्का, ब्यबसायी डिल्लीबहादुर वली, नेता पूर्ण खड्का, प्रेस सेन्टर दाङका सहसचिब दीपक बोहरालगायतको टोलीले पीडितको घरमै पुगेर राहत हस्तान्तरण गरेका हुन् ।


त्यस अवसरमा प्रदेश कमिटि सदस्य तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरीले घर निर्माणकालागि आबश्यक पर्ने जस्तापाताकालागि उपमहानगरपालिकाबाट दिलाउन सहयोग गर्ने बताए ।

उनले आफूहरु जहाँ समस्या पर्छ, त्यहाँ पुग्ने गरेको समेत बताए ।