दाङको राजपुर ६ मा माओवादीबाट रोकाको प्यानल विजयी

दाङ,१ जेठ ।

दाङको राजपुर गाउँपालिका वडा नं. ६ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । यस वडाको अध्यक्षमा माओवादीका श्यामबहादुर रोका विजयी भएका हुन् ।


रोकाले एमालेका राजेन्द्र चौधरी र काँग्रेसका सन्तराम चौधरीलाई पछि पार्दै विजयी हासिल गरेका हुन् । एमालेका राजेन्द्र चौधरी र काँग्रेसका सन्तराम चौधरीलाई पछि पार्दै, नेकपा माओवादी केन्द्रका उम्मेदवार रोकाले ५ सय ८० मत प्राप्त गरि विजयी भएका हुन् ।

त्यसैगरि माओवादी केन्द्रबाट दिलमती वलीले ५सय ६९, सन्ध्या नेपालीले ५ सय ६४, दिपेश चौधरीले ५ सय ४३ र नेत्रबहादुर खत्रीले ५ सय ५३ मत प्राप्त गरि विजयी भएका हुन् ।