लमही नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

दाङ, ३१ बैशाख ।

लमही नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नगरको वडा नम्बर १, ५ र ९ को ३०३ मत गन्दा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जोगराज चौधरीले ९३, नेकपा एमालेका दण्डिराम चौधरीले ८४ र नेकपा माओवादि केन्द्रका बसन्तराज शर्माले ७९ मत प्राप्त गरेका छन्।


उपप्रमुखमा नेपाली कांग्रेसका लक्ष्मी योगी ९९, नेकपा एमालेका सुशिला शर्मा ७८ र नेकपा माओवादी केन्द्रका गंगा पाण्डे ६६ मत प्राप्त गरेकी छिन्। लमही नगरपालिका यस अघि नेकपा एमालेका उम्मेदवारले जितेका थिए।