वान स्टेप फर ह्यूमानिटीको अध्यक्षमा कसौधन

दाङ
२४ साउन / दाङमा ‘वान स्टेप फर ह्यूमानिटी (मानवताका लागि हामी) गठन गरिएको छ ।

अनाथ, अपाङ्ग, गरीब, असाहाय,महिला–पुरुष,छाडा जनावरको व्यबस्थापन तथा रगत अभाबाब पूति गर्नकालागि आदित्य कसौधनको अध्यक्षतामा गठन गरिएको हो ।

शनिबार घोराहीमा भएको भेलाले उपाध्यक्षमा विविध आचार्य, कोषाध्यक्षमा सुसमिता पान्डेय, सचिव कोकिला आचार्य (मनिषा)लाई चयन गरिएको हो ।


सुस्मिता पाण्डेको सहभागितामा भएको भेलाले सदस्यहरुमा किरण थापा मगर, शोभाराम गिरी, मनिष पाण्डे, सरस्वरी कुँवर, चन्द्रबहादुर जीसीलाई चयन गरिएको थियो ।

त्यस्तै सल्लाहकारहरुमा सीता कालिराज गौतम, सल्लाहकार वसन्त भन्डारीलाई चयन गरिएको छ । साथै उक्त संस्था दर्ता गर्नकालागि पक्रिया अघि बढाईने भएको छ ।